सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छन्दका ठोक्तक

Nepal Telecom ad

१)
गाई भैसीको दूध खाने छ कोही ?
ठेकीको मोही दिन्छु लाने छ कोही ?
सेवा गर्नाले मिल्छ मेवा भनिन्छ
भैंसी भोकैछन् घाँस जाने छ कोही ?

२)
भोको खानाको आस गर्दोरहेछ
भान्सेले आफ्नै पेट भर्दोरहेछ
बाङ्गाटिङ्गाकै मात्र आयो जमाना
निर्धा नाथेले मर्नुपर्दोरहेछ ।

३)
गरें भन्छ सेवा खटाएर दिन्छ
म भोकैछु भन्दा घटाएर दिन्छ
नबाँच्ने बँचाएँ भनी स्वाङ पार्छ
अरौटेभरौटे चटाएर दिन्छ ।

४)
कोही बेलामा ढोग्न खोज्दोरहेछ
कोही बेलामा बोक्न खोज्दोरहेछ
तिम्रै सेवाका निम्ति लाग्दैछु भन्थ्यो
केको लाग्थ्यो त्यो जोख्न खोज्दोरहेछ ।

५)
त्यो गाउँ पुर्ने पहिरो रहेछ
पीडा असाध्यै गहिरो रहेछ
आवाज आयो मरियो बँचाऊ
उद्दार गर्ने बहिरो रहेछ ।

ओखलढुंगा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (२१)

धरोधर्म गर्छु (२१)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (२०)

धरोधर्म गर्छु (२०)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (१९)

धरोधर्म गर्छु (१९)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (१८)

धरोधर्म गर्छु (१८)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (१७)

धरोधर्म गर्छु (१७)

डिल्लीप्रसाद मूलतिहुन
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया