साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दका ठोक्तक

Nepal Telecom ad

१)
गाई भैसीको दूध खाने छ कोही ?
ठेकीको मोही दिन्छु लाने छ कोही ?
सेवा गर्नाले मिल्छ मेवा भनिन्छ
भैंसी भोकैछन् घाँस जाने छ कोही ?

२)
भोको खानाको आस गर्दोरहेछ
भान्सेले आफ्नै पेट भर्दोरहेछ
बाङ्गाटिङ्गाकै मात्र आयो जमाना
निर्धा नाथेले मर्नुपर्दोरहेछ ।

३)
गरें भन्छ सेवा खटाएर दिन्छ
म भोकैछु भन्दा घटाएर दिन्छ
नबाँच्ने बँचाएँ भनी स्वाङ पार्छ
अरौटेभरौटे चटाएर दिन्छ ।

४)
कोही बेलामा ढोग्न खोज्दोरहेछ
कोही बेलामा बोक्न खोज्दोरहेछ
तिम्रै सेवाका निम्ति लाग्दैछु भन्थ्यो
केको लाग्थ्यो त्यो जोख्न खोज्दोरहेछ ।

५)
त्यो गाउँ पुर्ने पहिरो रहेछ
पीडा असाध्यै गहिरो रहेछ
आवाज आयो मरियो बँचाऊ
उद्दार गर्ने बहिरो रहेछ ।

ओखलढुंगा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x