साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँस्न मन लाग्यो

कति कुरा खित्कौलीसित, अनि, कति कुरा, फित्कौली जस्तै बस्, हामी दुई बीच मात्र अहिलेसम्म अरुलाई भन्न मन नलागेको कुरा गर्न मन लाग्यो ! रमाउँदै, खिल्खिलाउँदै हाँस्न मन लाग्यो ।

Nepal Telecom ad

दुई वर्षको उमेरमा थियौं कि तिमी र म ?
राम्रो बोली पनि नआउने बेला थियो,
जुत्ता मेरो हो कि तिम्रो राम्रोसँग चिन्दैनथ्यौं,
एक अर्काको जुत्ता, आधी आधी पनि लाउने बानी थियो,
आफूले केहि लुकाएर ल्याएको कुरा
कहीं, हामीले हाँसी हाँसी
लुकेर खाएको,
अनि, बेस्सरी हाँसेका पलहरू !
आज, पैंतिस चालिस वर्षपछि,
अनयाशै फेरि भेट हुँदा
किन किन हामी तीन या चार वर्षको
हुँदा सँगै खेलेको जस्तै,
एक छिन, एक पल,
आफ्ना छोरा छोरीहरूलाई,
सारा परिवारलाई,
एक छिनको लागि भए पनि बिर्सेर,
उही पहिले जस्तै,
एक ठाउँमा, एकान्तमा,
या हामी अरुबाट लुकेको ठाउँमा,
आज भने नलुकिकन,
एउटा कुनामा बसेर कुरा गर्न मन लाग्यो,
कति कुरा खित्कौलीसित,
अनि, कति कुरा, फित्कौली जस्तै
बस्, हामी दुई बीच मात्र
अहिलेसम्म अरुलाई भन्न
मन नलागेको कुरा गर्न मन लाग्यो !
रमाउँदै, खिल्खिलाउँदै हाँस्न मन लाग्यो ।

नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x