लोक सुब्बाहाँस्न मन लाग्यो
कति कुरा खित्कौलीसित, अनि, कति कुरा, फित्कौली जस्तै बस्, हामी दुई बीच मात्र अहिलेसम्म अरुलाई भन्न मन नलागेको कुरा गर्न मन लाग्यो ! रमाउँदै, खिल्खिलाउँदै हाँस्न मन लाग्यो ।

दुई वर्षको उमेरमा थियौं कि तिमी र म ?
राम्रो बोली पनि नआउने बेला थियो,
जुत्ता मेरो हो कि तिम्रो राम्रोसँग चिन्दैनथ्यौं,
एक अर्काको जुत्ता, आधी आधी पनि लाउने बानी थियो,
आफूले केहि लुकाएर ल्याएको कुरा
कहीं, हामीले हाँसी हाँसी
लुकेर खाएको,
अनि, बेस्सरी हाँसेका पलहरू !
आज, पैंतिस चालिस वर्षपछि,
अनयाशै फेरि भेट हुँदा
किन किन हामी तीन या चार वर्षको
हुँदा सँगै खेलेको जस्तै,
एक छिन, एक पल,
आफ्ना छोरा छोरीहरूलाई,
सारा परिवारलाई,
एक छिनको लागि भए पनि बिर्सेर,
उही पहिले जस्तै,
एक ठाउँमा, एकान्तमा,
या हामी अरुबाट लुकेको ठाउँमा,
आज भने नलुकिकन,
एउटा कुनामा बसेर कुरा गर्न मन लाग्यो,
कति कुरा खित्कौलीसित,
अनि, कति कुरा, फित्कौली जस्तै
बस्, हामी दुई बीच मात्र
अहिलेसम्म अरुलाई भन्न
मन नलागेको कुरा गर्न मन लाग्यो !
रमाउँदै, खिल्खिलाउँदै हाँस्न मन लाग्यो ।
नर्वे
Subscribe
Login
0 Comments
Oldest







































