साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

Nepal Telecom ad

एक
डाँकालाई भाला मन पर्छ
प्रेमीलाई माला मन पर्छ
आबस्यकता आ(आफ्नो हो 
युवतीलाई बाला मन पर्छ । {{read_more}}

दुई
यहाँ कोही सरकारी ढुकुटी लुटेर बाँचेका छन्
यहाँ कोही बगरको गिटी कुटेर बाँचेका छन्
बेइमानी गर्ने र पसिना बगाउने फरक छ 
कोही काम गरेर, कोही गफ चुटेर बाँचेका छन् ।

तीन
मलाई डर लाग्छ तिम्रो उदासिन अनुहारमा पीर देखेर 
मलाई डर लाग्छ तिमी हिंड्ने बाटोछेउमा भीर देखेर 
कहिलेकाहीं म आफैलाई पनि आस्चर्य लाग्छ कि 
अखबारको पानामा ज्यानमारा हाँसेको तस्बीर देखेर ।

चार
मान्छेको अनुहारमा उसको आचरणको चित्र हुँदैन
मान्छेको जीवनमा उसको सबै परम मित्र हुँदैन
मान्छेको भित्रि र बाहिरी आवरण चिन्ने सकिन्न 
जो आफुलाई महान ठान्छ, उसैको असल चरित्र हुँदैन ।

पाँच
पुरानो चोर अब नयाँ चोर बनेर आयो
जो चोर हो उसैको ठूलो स्वर बनेर आयो
यो शहर आफन्तकोलागि नै पराइ हुन्छ 
हिजो जोर थियो आज बिजोर बनेर आयो ।

कार्तिक, २०७४
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x