सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माघेसङ्क्रान्ति, घिउचाकु र साहित्यिक कार्यक्रम

Nepal Telecom ad

काठमाडौं, पौष २९ गते । संसाक मासिक र गोंगबू साहित्य समाजको संयुक्त आयोजनामा ‘सांस्कृतिक परम्पराको निरन्तरता,{{read_more}} माघेसङ्ग्र्रान्ति, घिउचाकु र कविता’ भन्ने नाराको साथ घिउचाकुको साथमा नियमित रचना वाचन कार्यक्रम समाजकी उपाध्यक्ष सीता बिष्ट कार्कीको सभापतित्व र नियात्राकार÷निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा सम्पन्न भयो । 

समाजकी अध्यक्ष द्वारिका कुइकेल अन्जानले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने समाजकी सचिव तारा केसी तथा कोषाध्यक्ष चन्द्रा न्यौपानेले अतिथिहरूलाइ खादा ओढ़ाएर स्वागत गर्नुभएको थियो । संसाक मासिकका सम्पादक उमेश पाण्डेले अतिथि स्रष्टाहरूलाई स्वागत मन्तव्य दिनुभएको थियो । 

कार्यक्रममा संसाकले उपस्थित स्रष्टाहरूलाई माघेसङ्क्र्रान्तिको अवसरमा घ्यु, चाकु पनि ख्वाएर संस्कृतिको जगेर्ना गर्ने काम गरेको थियो । कार्यक्रममा ४५ जना कवि, स्रष्टाहरूको भव्य उपस्थिति रहेको थियो ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad