सुलसुलेबुटवलमा २७७ औंँ सङ्गम

साहित्यकार रमेश समर्थनको अधयक्षता, राजेन्द्रकुमार आचार्यको प्रमुख आथित्यता, यस पटक समीक्षा रूद्र ज्ञवाली र संयोजन संचालन कृष्ण
घिमिरे ‘गाउँले’ ।{{read_more}}
आश्रित प्रतिष्ठानमा प्रत्येक महिनाको अन्तिम शनिवार हुने साहित्य संगम बुटवलको २७७ औं शृंखला दीपनगरको सिरानमा रहेको आश्रित प्रतिष्ठानको बुइगलमा दिउसो डेढ बजेदेपछि सुरुभयो । यस शृंखलाका संयोजक कृष्ण गाउँलेको सञ्चालन, रमेश समर्थनको अध्यक्षता, राजेन्द्रकुमार आचार्यको प्रमुखआतिथ्य र रुद्र ज्ञवालीको विशिष्ट आतिथ्यमा सम्पन्न भयो ।
अजम्बरध्वज खाती, देवेन्द्र घिमिरे, कृष्णप्रसाद कोइराला, वेदप्रसाद पन्थ, डा. रेवती पौडेल, पारदर्शी सरोकारका महासचिव दीपक ढकाल, आरसी चापागाईं, अमृत पियूष, यज्ञलाल सुवेदी, रामचन्द्र श्रेष्ठ आदिको आतिथ्य रहेको कार्यक्रममा यी कविहरूले रचना वाचन गर्नुभयो– कविता न्यौपाने पल्लवी, सागर केसी, रमा पाण्डे, सुरेश परियार, सरला गाहा, गणेश खनाल, गुरुप्रसाद कुमाल बुलबुल, किरण पन्थी, यज्ञलाल सुवेदी, प्रियंका भण्डारी, पारस राहादी, अमृत पियूष, खोमा तरामु, अनुसूया ढकाल, विष्णु विवस पोखरेल, रामचन्द्र श्रेष्ठ, डा. रेवती पौडेल, वेदप्रसाद पन्थ, कृष्णप्रसाद कोइराला, अजम्बरध्वज खाती, कृष्ण घिमिरे गाउंले, रुद्र ज्ञवाली र रमेश समर्थन ।
मन्तव्यः देवेन्द्र घिमिरे कपिलबन्धु सोनु थापा, दीपक ढकाल र राजेन्द्र कुमार आचार्यको रह्यो । वाचित रचनाहरूको समीक्षा रुद्र ज्ञवालीबाट भयो । सोही अवसरमा अघिल्लो शृंखलामा वाचित रचनाका स्रष्टाहरूलाई पारदर्शी सरोकार समूहबाट निर्मित मायाको चिनो सो संस्थाका महासचिव दीपक ढकाल, प्रस्तुत शृंखलाका प्रमुख अतिथि राजेन्द्रकुमार आचार्य तथा अध्यक्ष रमेश समर्थनबाट संयुक्त रूपमा प्रदान गरिएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































