सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जिज्ञासा 

Nepal Telecom ad

कोही सुत्दछ रातमा सडकमा कोही भने खाटमा 
के चैँ भिन्न रहन्छ निष्क्रिय भई लढ्दा तिमी घाटमा । {{read_more}}
आफ्नै सन्ततिमा विभेद यसरी गर्छिन् र आमा कुन ?
लौ तिम्रै प्रतिपक्षमा म उभिएँ लल्कार मेरो सुन ।।१।।

बेला छैन लगाइदिन्छ मनले यी हातमा हत्कडी
बेला किन्न गएँ सबै पसलमा पाएँ विदेशी घडी ।
के के खानु र लाउने विविध छन् चिन्ता धनीका यही 
चिन्तामात्र दियो भने त रुपिँयाभन्दा गरीबी सही ।।२।।

साठी वर्ष छ आयु जान्दछ कहाँ पृथ्वीभरीका कुरा ?
छोडी देश युवा विदेश नगए चल्दैन रे पाखुरा ।
आस्था, चिन्तन, धर्म, मर्म नबुझी सम्झ्यौँ सधैँ खेलझैँ 
ढुङ्गाले पनि देवता बनिसक्यो बन्दैन मान्छे अझैँ ।।३।।

केही नै महिना पिछे रगत यो फेरिन्छ भन्छौ तर
हेर्छौ जात भने विकास कसरी होला र हाम्रो स्तर ।
थातीमा सुख किन्न छैन उसको केही धरौटी दिन 
पृथ्वी गोल भए यहाँ झुपडिमा घुम्दैन रोटी किन ??।।४।।

नेपाली शिशु जन्मजात ऋणमा डुब्छन् भने ईश्वर 
हाँसोको कति मूल्य हो ? म तिरुँला सरकारलाई कर ।
प्रेमी ईश्वर हो र फूलहरू यी चिठ्ठी पठाएँ तर 
मेरो आँगन भो उजाड अब ता देऊ कुनै उत्तर ।।५।।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल