साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो पार्टीको घोषणापत्र

Nepal Telecom ad

मेरो पार्टीको घोषणा पत्र
कसैको भन्दा केही कम छैन 
साच्चै नै हेर्नुस न नपत्याए {{read_more}}
यसको अगाडि कसैको दम छैन । 
मेरो पार्टीले जित्यो भने 
तपाईंलाई कुनै कामै नगरी 
सुती सुती खाने बनाइ दिन्छु 
कहाँ चिलाउछ भन्नु होला
कनाउन अल्छी लागे 
म घरै आएर कनाइ दिन्छु 
भन्नुस् 
यस्तो कुन पार्टीकोमा घोषणा पाइन्छ 
जनतालाई यो भन्दा अरु के चाहिन्छ ?
तपाईं लाई कामै नगराई
दिनहु भोज भतेर ख्वाइ दिन्छु 
घर घरमा भट्टी पसल राखेर 
लोकल रक्सिले निथु्रक्क न्वाइ दिन्छु 
रक्सी खानेहरुको लागि मापासे हटाइ दिन्छु 
चुरोट बिँडी खैनीको ह्वात्तै उध्योग बढाइ दिन्छु 
मेलम्चीको पानीलाई अब
काठमाडांैमा मात्र हैन
धनगढी नै पुराइ दिन्छु
आकाशमा प्लेन मात्र हैन 
बुलेट ट्रेन नै उडाइ दिन्छु 
घर घरमा कार हैन अब
केबलकार नै हालिन्छ 
यहाँको बिजुली झिकेर नेपाल मात्र हैन 
युरोप अमेरिका नै झलल बालिन्छ 
मेरो घोषणापत्र कसैको भन्दा कै कम छैन 
यसको अगाडि अरुको कै दम छैन ।
बिरोजगारी भत्ता बिस हजार ठोकी दिन्छु 
बृद् बृद्धभत्ता पनि दशहजार तोकी दिन्छु 
पियनको तलब पचास हजार पुराइ दिन्छु 
स्कूल, कलेज अस्पताल सबैमा फ्री गराइ दिन्छु 
धान मकै अकाशमै फलाइन्छ 
समुद्र नभए पनि के भो र 
पानीजहाज त बागमतीमा चलाइन्छ 
मान्छे मरेपछि सिधै स्वर्ग पुग्न
पुष्पक विमान उडाइ दिन्छु 
सगरमाथाको टुप्पोसम्म 
मेट्रो ट्रेन गुडाइ दिन्छु 
नेपालीलाई मात्र हैन छिमेकीलाई पनि नागरिकता दिलाई दिन्छु 
हरेक नेपालीलाई चियाको साटो अमृत पिलाई दिन्छु 
मेचीबाट सुरुङ खानेर महाकाली निकाली दिन्छु 
यो देशलाई दुइचार बर्षमै जुरुक्क उचाली दिन्छु 
बच्चा देखी बृद्धासम्मलाई 
दशबर्षमा सुती सुती खाने बनाइ दिन्छु 
विदेशबाट झिकाएर भए पनि माछा मासु 
घरमा भुटी भुटी खाने बनाइ दिन्छु 
मेरो पार्टीले जित्यो भने 
खेतबारीमा मान्छे हैन 
रोबोर्ट काम गर्न आउनेछन् 
पुलिस आर्मिको काम पनि
रोबोकपले नै पाउनेछन् 
मेरो शासन सत्ता आयो भने 
मोदी ट्रम्पको के कुरा 
स्वर्गबाट इन्द्र पनि डिभी भरेर आउनेछन् 
आज हामी नेपाली गए जस्तो पैसो कमाउन 
सारा संसार यहाँ धाउनेछन् 
तर मैले भन्दयाछु 
मेरो पार्टीलाई भोट हाल्नु भयो भने 
यो सारा कुरा हेर्न 
कौशीमा उपरखुट्ठी लाएर बस्नु होला
नत्र अहिले जस्तै बर्सौसम्म
अरु पार्टीको फन्दामा फस्नु होला ।

दाङ, हाल काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x