साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनता जिल्ल छन्

Nepal Telecom ad

केपी भन्छन्
जनताले जिताछन्
प्रधानमन्त्री तु चाहिन्छ {{read_more}}
देउपा भन्छन्
राष्ट्रियसभा नबनाएर कहाँ पाइन्छ ?
राष्ट्रपति भन्छिन्
लडीराख तिमीहरू यसरी नै
दुइचार महिना भनेपनिकम्सेकम
राष्ट्रपति त खाइन्छ ।

केपीले देउपालाई देखाउने
देउपाले निर्वाचनलाई देखाउने
निर्वाचनले राष्ट्रियसभा देखाउने
उसले उसलाई देखाएर यिनले
नयाँ गाईजात्रा देखाउने
अब त शान्ति सम्वृद्धि ल्याउलान् भन्नेबेला
जनतालाई कुन भङ्गालोमा हाल्न खोज्या हुन्
सहमतिको बाटो नपैलाएर
किन कुस्ता कुस्तीको खेल रोज्या हुन्
अझ प्रदेशको राजधानी तोक्नेबेला
कति जनताको बली माग्ने हुन्
यो जुँगाको लडाईं गरेर
हैन यी बुढा कहिले थाक्ने हुन्
खाली झगडामात्र गरेका छन्
मानौ ट्वाँट खाएर यी टिल्ल छन्
यिनको तमासा हेरेर जनता जिल्ल छन्
यिनको झगडा देखेर
छिमिकीले पनि फोन ठोक्नथाले
यहाँ यिनलाई लडाउन
कसले काँधमा बोक्नथाले
हे भगवान !
यिनको टाउकोमा गिदी त हालिदेयौ
अब थोरै बुद्धि पनि देऊ
गोबरगणेश रहेछन् भने पनि
एकपटक झिलिक्क बत्ती बालीदेऊ    

दाङ, हाल : काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x