साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामाजिक सुरक्षामा, असामाजिक खतरा

Nepal Telecom ad

सामाजिक सुरक्षाको असामाजिक खतरा….. उसले तपाईंको केही बिगारेको छैन, तर पनि त्यसको अनुहार देख्यो कि झनक्क रिस उठ्छ ! {{read_more}} कोही हामीप्रति सधैं  height=सकारात्मक छ, तर पनि ऊप्रति हामी जहिल्यै नकारात्मक हुन्छौं ! यस्तो किन हुन्छ, त्यसका थुप्रै कारण होलान् । एउटा कारण ग्रह हुन सक्छ । ग्रह नमिल्दा काटाकाट, मिलेपछि चाटाचाट भनेको यही होला । 

ग्रह भन्नाले कुण्डलीको ग्रह मात्र बुझ्नु हुँदैन, यो हाम्रो आन्तरिक स्वभाव पनि हो । स्वभाव सकारात्मक छ भने नकारात्मकताभित्र पनि थुप्रै राम्रा कुरा भेटिन्छ । नकारात्मक दृष्टिले मात्र हेर्ने हो भने जति नै राम्रो कुरा आए पनि नराम्रो बाहेक केही फेला पर्दैन । 

प्रसङ्ग, सरकारले ल्याएको ‘सामाजिक सुरक्षा योजना’को हो । नेपाली मजदुरहरूको जीवनमा दूरगामी प्रभाव पार्ने यो योजना गाली गर्नुपर्ने, विरोध गर्नुपर्ने योजना पटक्कै होइन, तर पनि हामी यसलाई हाँसो र व्यंग्यको विषय बनाइरहेका छौँ । किन होला ? यसका दुईवटा कारण छन् ।

 एउटा विरोधका लागि विरोध । अर्को कार्यान्वयनका लागि दबाब । जनताको आलोचना जायज छ, तर विपक्षले केवल विरोधका लागि विरोध मात्र गरेको देखिन्छ । स्वस्थ आलोचना प्रतिपक्षको धर्म हो । विरोधका लागि विरोध गैरजिम्मेवारपन हो । अझ आमसमुदायका निमित्त दूरगामी प्रभाव पार्ने योजना हो भन्ने कुरा बुझेर पनि बुझ पचाउनु थप गैरजिम्मेवारी हो । 

हो, प्रचार भड्किलो भयो । यसको आलोचना गर्नुपर्छ । हल्लाभन्दा पहिले काम गर्नुपथ्र्यो । यसमा विरोध गर्न सकिन्छ, तर यो सम्पूर्ण अभियान नै गलत छ भनेर भड्किनु र भड्काउनु विपक्षको धर्म होइन, विपक्षको धर्मका नाममा अन्धविश्वासको प्रचार हो । जहाँसम्म मैले बुझेको छु, सामाजिक सुरक्षा योजनाको यो जुन कार्यक्रम छ, यो युगौंदेखि चल्दै आएको ‘हुने खाने र हुँदा खाने’ बीचको खाडल पुर्न ल्याइएको योजना हो । 

यो विभेदलाई अन्त्य गर्न आएको सामाजिक न्यायको अवधारणा हो । यसको कार्यान्वयन हुन्छ कि हुँदैन ? नेताहरू कति इमान्दार हुन्छन् ? बोलेका कुरा र्पुयाउँछन् कि र्पुयाउँदैन् ? बोली र व्यवहार कति इमान्दारितका साथ मिलाउँछन् ? हो, यी कुरामा चाहिँ शंका छ । त्यही खबरदारी, दबाब, व्यंग्यको हतियार उठेको सही हो, तर यो योजना नै गलत हो भन्ने किसिमका कुरालाई सही मान्न सकिँदैन । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकहरूको जीवनमा दूरगामी प्रभाव पार्ने कुरामा शंका छैन । यसले समुदायमै जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सक्छ । यसको कार्यान्वयनमा सरकारको प्रभावकारिता र सम्बन्धित सबैको इमान्दारिता रह्यो भने साँच्चै एउटा नयाँ युगको थालनी हुनेछ । होइन भने जनताले भनेझैं समृद्धि नयाँ टोल–टोलमा होइन, केवल बिजुलीका पोल–पोलमा मात्र आउनेछ । कार्यान्वयनका बाधक तत्व धेरै छन् । तीमध्ये पहिलो, सरकारमा रहेको प्रचारमुखी शैली हो । पहिले हल्ला गर्नु र काम गर्ने बेला निदाउनु सत्ताधारीहरूको पुरानै स्वभाव हो । जनता जागेका बेला केही गरेजस्तो गर्ने, जनता निदाएका बेला मस्ती गर्न थाल्ने बानी नत्याग्ने हो भने यो योजना पनि हात्ती आयो हात्ती आयो— फुस्सा हुनेछ ।

त्यसबाहेक सरकारी पार्टीभित्रकै खिचातानी, प्रतिपक्षको पराजित कुण्ठा, विरोधी मानसिकता, नेपालको दुरावस्था देख्न लालायित देशी–विदेशी पक्ष, विकृत तथा भ्रष्ट कर्मचारीतन्त्र, कामचोर र अल्छे श्रमिकहरूकै कारण यो कार्यक्रम प्रभावकारी नहुने खतरा पनि छ । सामाजिक सुरक्षा दिवस घोषणा भएको दिन एकातिर प्रधानमन्त्री भाषण गर्दै थिए भने अर्का कुनामा सहभागीहरू नै भन्दै थिए, ‘हामी कुरा जनताका गर्छौं, तर यो सहर प्रधानमन्त्रीको फोटोले भरिएको छ । मुलुकका लागि काम गर्दैछौं कि आफ्नो प्रचार ?’ यति भनेपछि बुझ्नेलाई इसारा काफी छ । बरु त्यसको खर्च त्यही योजनाको कोषमा राखेको भए हुन्थ्यो । 

पुर्याउनुपर्नेले बुद्धि पुर्याएन भने अब हामीले त पुर्याउनुपर्यो । भड्किलो प्रचार यो योजनाको असुन्दर पक्ष हो, तर पनि यही आधारमा जनतामा नैरास्यता भर्नु हुँदैन । यदि सरकारको यो सुनौलो र ऐतिहासिक अभियान असफल भयो भने यसको कारक हाम्रो नकारात्मक सोच र प्रवृत्ति हुनेछ । सामाजिक सुरक्षा सबैको सरोकारको विषय हो, त्यसैले यो व्यवहारमा लागू होस् । सबैको घैंटोमा घाम लागोस्— शुभकामना !

साप्ताहिक, कार्तिक १६, २०७५ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x