साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमूर्त

Nepal Telecom ad

ज्ञानेन्द्रियले यहि नै हो भनेर ठम्याउन नसक्ने, किटान यकिन वा ठोकुवा गर्न नमिल्ने तत्वलाई अमूर्त भनिन्छ । अमूर्त बोली वचन स्वयं मूर्त हुँदैन । {{read_more}} प्राणी  height=जन्मिँदा यथास्थितिमा टाउको हातखुट्टा जनेन्द्रिय, कर्मेन्द्रिय, इन्द्रियहरू आफ्नो ठाउँमा प्रकट भएनन् वा जस्तो रूप लिनुपर्ने त्यस्तो लिन सकेनन् वा लिएजस्तो पनि नलिएजस्तो पनि आकारप्रकार घुरमुर आउँछ भने त्यसलाई अमूर्त मान्नु पर्छ ।

हामीले भलीभाँती चित्रको ताँती देखेका छौँ । ती चित्रमा विचित्र के छ भने कुनै कुनै अमूर्त हुन्छन् । मानव स्वभाव अनुसार प्रकट हुने भावभङ्गी अमूर्त तर जङ्गी हुन पनि सक्छन् । मानव व्यवहार बोलचाल पनि अमूर्त हुन्छन् । कर्ताले गरेका गतिविधिहरू सही ढङ्गले अवतरण र तरङ्गित हुन सक्दैन र मपाईंत्वको राग अलाप्ने तर व्यवहार निष्पक्ष छानबिनको कठघरामा उभ्याएर कसी लगाउँदा तथ्यहीन प्रतीत हुनु पनि अमूर्त नै हो ।

धामी, झाँव्रmी, भविष्यद्रष्टा, आधुनिक अन्तरयामीहरू मृतात्मा छ भनेर पाखुरा सुर्की राखेका छन् । सामान्य दृष्टि र सामान्य मानवले आत्मा, मृतात्मा, कता, कसरी, कहाँ र किन चलमलाइ रहन्छ पत्ता लगाउन सक्दैन । तथापि अरे अरेका भरमा कागले कान नलगे नि आफ्नो कान नछामी अमूर्त सोचाइको मान्छे कागको पछि दौडिरहेको छ । अतः अमूर्त विवेकले ग्रस्त जो छ त्यसैले नाम राखिदिए आत्मा, मृतात्मा, दुष्टात्मा, भूत, मसान, किचकन्नी, प्रेतात्मा आदि । मानव उदयको उषाकालदेखि नै तिनै त्यस्तै अमूर्त तŒवले नै सरल सोझासिधा भोलेभाले मानवलाई एक्लै र एकान्त पारेर तसाईरहेको छ । हामी जीवात्मा अनाहक अचानक तर्सिरहेका छौँ । अमूर्त तŒवले दुःख दिएपछि मान्छे घोप्टो मुन्टो लगाएर बसिराख्न सक्दैन । बरु तथ्यको नजिक पुग्न कछाड कसेर लागिपर्छ ।

अमूर्त तŒवसँग सबै डराउँछन् । डराउँदिनँ भनेपनि डर कताबाट पस्छ पत्तै हुँदैन । अचानक डर पसेर मान्छेलाई तर्साइसकेको हुन्छ । तर्सिनेहरू भौतिक संरचना, थातथलो, ज्यानै माया मारेर एक तमासले तर्सिरहेका छन् । साखा सन्तान नभए एक्लाएक्लै पनि आङ जिरिङ जिरिङ पार्दै सातै जाने गरी तर्सिरहेका छन् । त्यसैले चङ्ख चतुराहरू अमूर्त तŒवका भय सन्त्रासले अन्धकारतिर लम्किन हच्किन्छन् र जानै परे साथमा सिटा बालेर वा मन मिल्नेसँग मिलेर उज्यालाका मद्दतले जान्छन् । उज्यालो छ भने अमूर्त तŒवहरूले हार खान्छन् र हराउँछन्, देखिँदैनन् तर विलीन, विनास चाहिँ हुँदैनन् । अमूर्त तŒव संकटमा पर्ला तर अस्ताएर जाँदैनन् । अमूर्तको अवशेषमा अपुताली कहिल्यै पर्दैन । मानव दुर्भाग्यको कारक तŒव यहि नै हुनुपर्छ ।

सज्जन इमान्दारले अमूर्तताको विरोध गर्छन् । अमूर्त प्राकृतिक र कृत्रिम हुन्छ । विश्वकै खतरनाक प्राकृतिक अमूर्तताले भरिएको बरमुडा ट्रेङ्गल । त्यहाँ प्रवेश, अध्ययन, अनुसन्धान, मानव सिर्जित यन्त्र उपकरणको पूर्ण क्षमताले पनि हार खाएको छ । यस्ता प्राकृतिक अमूर्तता जल थल वायुमण्डल सर्वत्र व्याप्त छ ।

कृत्रिम अमूर्तता अर्थात मानव निर्मित अमूर्तताको असली स्वरूप रूप या रवैया हरेक देशमा व्याप्त छ । जीवन भोगाइको दौरानमा उकाली, ओराली र घुम्तीमा अचानक आफैँ आइपर्ने र ग्रहण गर्न लत बसेकाहरू अमूर्ततताको बजारै विस्तार गरेर बुर्कुसी मारिरहेका हुन्छन् । सायद यसैलाई भन्छन् धमिलो पानीमा माछा मारेको । मूर्तको मुख मोड्न, सातो लिएर छोड्न अमूर्तको अहं भूमिका रहेको हुन्छ । त्यसैले मूर्त र अमूर्त विपरीत ध्रुव मानिन्छन् । एकले अर्कालाई ठाडै दुत्कार्ने ।

अमूर्तकै कुरालाई लिएर अन्य देशको बयान गरौँ भने आफ्नो आङको भैँसी नदेख्ने अर्काका आङको जुम्रा भन्लान् त्यसैले आफ्नै देशको राजनीतिको अमूर्त व्रिmयाकलाप, कायशैलीले पनि दमदार युवाशक्ति उत्पादन हुन्छन् कि भन्ने भान भइराखेको छ । द्वापरयुग, त्रेतायुग, कलियुग चल्दाचल्दै नयाँ युगमा प्रवेश गरिसकेको जुन जिकिर गरिएको छ त्यसलाई आमा नेपाली नागरिकले पर्छिएर समर्थन गरेकै छन् । नेपालका सोझा जनता आफ्नै वरिपरिका खोलानाला गायब हुँदा पनि राजनीति गर्ने मूलमन्त्र यही होला भन्दै तै चुप मै चुप हुन्छन् । देशबासी जनता पुरानै पारामा गुज्रिरहेका थिए । तर नेताले अनाचक नयाँ युगको घोषणा गर्दै विकासको बाढी आयो आयो आयो भन्दै बेलाबेलामा चिच्याएर अमूर्त आश्वासनले थुम्थुम्याई रहेका छन् । कम्प्युटरजन्य यस नयाँ युगमा त आयो आयो आयो भनेपछि झ्याप्पै आउनुपर्ने होइन र ?

दक्षिणतर्फबाट अविछिन्न गतिमा रेल, तेल, सेल, अबिर, अक्षता, धुपबत्ती आउँछ । उत्तरबाट त्यो भन्दा डबल, त्रिबल, चौबल आउँछ । राम्रो राजनीति गरेवापत पश्चिमबाट लाखौँ डलरका पुरस्कार, फूल र सम्मानपत्रहरू आउँछन् । घरघरमा क्यास खर्च भए पनि ग्याँस आउँछ । खेर गइरहेको पवन पावरले बिजुली फुत्त निकालेर देशबाट अन्धकार हुत्त पारेर हुत्याइन्छ । मेलम्चीको सफा कञ्चन पानीले फोहोरी सक्कल, हातखुट्टा मुख र देश धुँदै खाँदै गर्नुपर्छ । बिजुली ननिस्किएका खोलानाला नै हुँदैनन् । पानी बगेको, जमेको देखियो कि बिजुली ब्याउन बाध्य पारिन्छ । अरबी राष्ट्रले तेल बेचेझैँ नेपालले बिजुलीको पसलै थाप्न सक्छ । हिमाल, तराई, पहाड छ्यास्छ्यास्ती विकासको मूल पट्ट फुटाएर समृद्धिको शिखर चढाइन्छ । अनि पर्यटक विकसित मुलुक, प्राकृतिक छटाले भरिपूर्ण देश नआएर कता अन्मरिन्छन् । आफ्नै अन्तरिक्ष यान, स्याटलाइट आफ्नै, आविष्कार केन्द्र आफ्नै, अकुत सनिज सम्पदा कसका बाबुको हो र ? लगायत अनेकौँ भलिभाँती सुविधाले सम्पन्न वर्णन गरिसाध्य नहुने किसिमले कुना कन्दरामा विकासको ओइरो र पैरौ ल्याइन्छ । आदि अनेक भलीभाँती विकासका ताँती देखाएर अमूर्त आश्वासनका कारण नेपाली जनता बाहिरी मुलुक जाउँ कि नजाउँ भन्दै धरमराइ रहेका छन् ।

नेपाल सरकार ढुंगा पकाउन व्यस्त छ भने नेपाली जनता पाक्ला र खाउँलामा अल्मलिरहेका छन् । भोका, नाङगा, गरिब, दुःखी जनता अमूर्त आश्वासनले मनपेट भरिरहेका छन् । नेपाली जनताले अनादीकाल देखि यस्तै नियति भोग्न बाध्य छन् । जुन जोगी आयो कानै चिरिएको । माझीले मतो मिलाउँदा मिलाउँदै सात गाउँ बगाएको थियो रे त्यस्तै छ नेपाली नेताको राजनीतिक ताल । नेपालको जलसम्पदा खेर गएसरी आफ्नै बैँस अविछिन्न गतिमा दिन प्रतिदिन खेर गइरहेको हुँदा शुव्रm अन्ध भए पनि मङ्सिरमा भिœयाएकी नववधुले मोई खाँदै घोव्रmे सन्तान पैदा गरौँला, मलाई अघाउन्जेल खान दिनुपर्छ भन्छिन् । सरकारलाई कर तिर्ने कि श्रीमतीलाई पोषण, पाउडर किनिदिने । आर्थिक भारले दिनहुँ थिचिरहेको छ । सन्तानको लोभ देखाएपछि ¥याख¥याख्ती पार्दै केरकार पार्छु । उनी उम्किने दाउ खोज्दै भन्छिन् ‘यो त्यो भन्दिनँ तर निसन्तान हुन दिन्नँ’ । म बबुरोलाई अमूर्त आश्वासनले डकार्न बाध्य पारेकी छन् । गुलिया लड्डु सपना बाँड्न पल्किएकाहरू हाम्रो चोला होला होला मै खोला खोलै बग्ने त होइन ?
शिवशक्ति मार्ग, पोखरा–११, फूलबारी, कास्की, फोन नं. ९८०६६७७५९४
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x