साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको शिशिर कविगोष्ठी 

Nepal Telecom ad

अभिनव साहित्य समाजले यसले गर्दै आएको नियमित कार्यक्रमअन्तर्गत २०७५ माघ २६ गते २०४ औँ कार्यक्रमको रुपमा शिशिर कविगोष्ठी सम्पन्न गरेको छ । {{read_more}} height= इतिहासविद् तथा प्राज्ञ दिनेशराज पन्तकोे प्रमुख आतिथ्य र वैदिक विद्वान् श्री तिलक लुइटेलको विशिष्ट आतिथ्य तथा समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको सभापतित्वमा भएको उक्त कार्यक्रममा ३५ जना कवि कवयित्रीहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । 

सो अवसरमा प्रकाशमणि दहालद्वारा रचित गद्य तथा पद्य कविता सङ्ग्र्रह ‘शुभकामना’ र ‘यो फूल’ को लोकार्पण गरिएको थियो । डा. विदुर चालिसे र प्रमुख अतिथिले सो पुस्तकद्वयबारे विशेष चर्चा गर्नुभएको थियो । लेखक, विशिष्ट अतिथि र सभापतित्व गर्नेले पनि सो बारे विशेष मन्तव्य राख्नु भएको थियो । 

सहभागी सर्जकमध्ये उत्कृष्ट रचना वाचन गर्ने देवकी ढुङ्गाना, डिल्लीप्रसाद दहाल मूलतिउन, दुर्लभ शाह त्यागी र रोहित कार्कीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो । अन्य सहभागीहरूमा सुशील आचार्य, घनश्याम प्रसाई, बाजुराम पौडेल, शान्ती रिसाल, मेनका पोखरेल आचार्य, दुर्गा रिमाल अधिकारी, बद्रीप्रसाद सुवेदी, पुण्य गौतम विश्वास, ललिता दोषी, सीताराम पोखरेल, रामचन्द्र दहाल, विमल अर्याल, पवन सङ्ग्र्रौला, नोर्बु घले, सुमन पुडासैनी, शिवप्रसाद नेपाल, मिसन अधिकारी, कणाद महर्षि उत्तम विचार, ऋचा र डेजी कार्कीलगायतको थिए । 

विमल अर्यालले स्वागत मन्तव्य, शाारदा पराजुलीले उद्घोषण र परशुराम पराजुली पराशरले सम्पूर्ण रचनाको समीक्षा गर्नुभएको थियो । 

–गोविन्द घिमिरे वेदमणि
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x