साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छेडछाड आँखा र पेटको

Nepal Telecom ad

 height=आँखा भन्दछ पेटलाई तँ बढो फूर्ति अति गर्दछस्
देख्नै हुन्न कुनै मिठो र मसिनु घिच्नै अघि सर्दछस् {{read_more}}
तेरा निम्ति झुकी कति विकटमा हेर्नु हो मैले पनि
लम्पट् सम्पतिमा बनेर कति दम् फेर्नु हो जैले पनि ।

यस्तो बात सुनी अलि रिसगरि भन्छ त्यो पेट हे हराम्
बस्छस् मस्तकमा यति नि नगरे तेरो छ अर्को के काम्
तेरो लोभ अति बढ्यो जगतमा थेग्नै नसक्ने भएँ
तेरो लालच पापको भुमरीमा ब्यर्थै म फस्दै गएँ ।

आँखाले निहुरी उदर उपरमा बोल्यो तिखो ब्यङ्ग्यले
देखिन्छस् अरुका अगाडी जहिल्यै भद्रै समान मस्तले
खाट्टी भित्रभने कुही नरकको थैलो लिइ हिंड्दछस्
भित्रीआत्म फरक् हुने नकचरो साँच्चै तँ पापी रछस् ।

हाँसी बोल्छ उदर् तँ छस् अति गुनी लोभी भइ हेर्दछस्
अर्काका गतिला स्वमालहरूमा गिद्दैसरि घेर्दछस्
जान्या छु ममता नगर अति ठूलो ब्यर्थै कति धाक् न ला
भन्छन् आज मजा लियो नजरले भित्री कुरा छैन था ।

आँखा पेट सँधै यहि तरहले अन्तर्विवाद गर्दछन्
भ्रष्टाचार विचार धारहरूमा दुइटै अघि सर्दछन्
अर्कैको कसरी गरिन्छ उछितो भन्ने इरादा धरी
संकट् पर्न गयो परें विपदमा तिम्रै छ लिला हरि ।

गाैरादह, झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x