सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म पनि भूमिगत छु 

Nepal Telecom ad

सैनिकले सैलुट हान्छन्
पुलिस, हाकिमको सलाम खान्छन् 
बालुवाटारमा छ तिनको स्वागत {{read_more}}
जनता माझ चाँहि 
सधै भुमिगत !

बनमा छैनन्
मनमा छैनन्
बालुवाटारमा देखिए पनि 
भुमि बाहिर हैनन्
टी भीमा छाँया देखिन्छ,
उनी देखिए कै छैनन्
प्रशासनले देख्छ,
तीन पुस्ते थाहा छ 
जनतालाइ नाउँ पनि 
भूमिगतै भा छ !

किनिएका पनि होईनन्
चिनिएकापनि होईनन्
ठुला माझ लुक्दैनन्
लुकँे भन्दै 
जनता सामु लुक्छन्
भन्नेको भनाई 
भुक्नु हो भुकाई 
हराएकापनि होईनन्
नेताहरु बीचै लुक्छन् 
जनताले सोध्न पाई हाले 
अरु जस्तै ती पनि मुक छन् 

बाठो शिक्षक म 
त्यै बाटो लाग्छु 
उपकुलपतिले चिनुन् 
क्याम्पसबाट भाग्छु 
म पनि अब 
उनकै पथमा गएँ
आजैदेखि उसैगरी 
भूमिगत भएँ !
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली