साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि भूमिगत छु 

Nepal Telecom ad

सैनिकले सैलुट हान्छन्
पुलिस, हाकिमको सलाम खान्छन् 
बालुवाटारमा छ तिनको स्वागत {{read_more}}
जनता माझ चाँहि 
सधै भुमिगत !

बनमा छैनन्
मनमा छैनन्
बालुवाटारमा देखिए पनि 
भुमि बाहिर हैनन्
टी भीमा छाँया देखिन्छ,
उनी देखिए कै छैनन्
प्रशासनले देख्छ,
तीन पुस्ते थाहा छ 
जनतालाइ नाउँ पनि 
भूमिगतै भा छ !

किनिएका पनि होईनन्
चिनिएकापनि होईनन्
ठुला माझ लुक्दैनन्
लुकँे भन्दै 
जनता सामु लुक्छन्
भन्नेको भनाई 
भुक्नु हो भुकाई 
हराएकापनि होईनन्
नेताहरु बीचै लुक्छन् 
जनताले सोध्न पाई हाले 
अरु जस्तै ती पनि मुक छन् 

बाठो शिक्षक म 
त्यै बाटो लाग्छु 
उपकुलपतिले चिनुन् 
क्याम्पसबाट भाग्छु 
म पनि अब 
उनकै पथमा गएँ
आजैदेखि उसैगरी 
भूमिगत भएँ !
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x