साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ३९४ औँ शृङ्खला

Nepal Telecom ad

 height=साहित्य सन्ध्याको नियमित मासिक ३९४ औँ शृङ्खला ०७६ वैशाख ७ गते राजधानीमा सम्पन्न भयो । {{read_more}} सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । गोष्ठीका अतिथिहरूमा प्रा.डा.खेम दाहाल, डा.गोविन्दप्रसाद आचार्य, समीक्षक विधान आचार्य, प्राज्ञ नमुना शर्मा, जनगायक माधव प्रधान, वरिष्ठ कवि तथा गजलकार रामबहादुर पहाडी, प्राज्ञ नन्दु उपे्रतीे उपस्थित हुनुहुन्थ्यो ।

समारोहमा अहिलेको समसामयिक साहित्य सिर्जनामा सक्रिय रहेका अच्युत घिमिरेद्वारा लिखित ‘आमाले स्पर्श गरेको माटो’ कवितासङ्ग्रहको विधान आचार्य र प्रा.डा.खेम दाहालले संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो । लोकार्पित कृतिको समीक्षा गर्दै साहित्यकार, समीक्षक विधान आचार्यले अहिलेको समयमा साहित्यसिर्जना तथा सम्पादनका माध्यमबाट क्रियाशील रहेका अच्युत घिमिरेको यो दसौँ कृति रहेको र यो कृतिमा कविले तपाईँ हामीलाई जस्तै जहाँ जहाँ छुँदा वा टेक्दा दुख्छ तिनै तिनै दुखाइ वा भोगाइका अभिव्यक्तिलाई कविताको स्वरूपमा बडो सुन्दर ढङ्गले कविले ढाल्नसकेका छन् भन्नुभयो । सानैमा आमाको स्नेहबाट वञ्चित हुनपुगेका कविले मातृस्नेह नपाउनुको पीडा वा दुखाइलाई कवितामा अभिव्यक्त गरेका छन् । कविले आमाले स्पर्श गरेको माटो मात्र होइन हावा, पानी सबै सबै हुन् र ती सबै कुरामा कवि स्वयम् एकाकार भएका छन् । कविका यस सङ्ग्रहमा समेटिएका सबै कविता वैचारिक कविता हुन्, प्रगतिवादी कविता हुन् । यी कवितामा राजनीति, अहिलेको समयका साथै विपन्न वर्गले बाँचेको कष्टसाध्य जीवनवृत्तको जीवन्त चित्रण गरिएको पाइन्छ । ‘जीवनमा जहाँ दर्द र पीडा हुन्छ त्यहाँ सिर्जना सशक्त हुन्छ’ अच्युतका कवितामा पनि त्यही पाइन्छ । उनका कविता तिखारिएका, माझिएका, स्पष्ट वैचारिक धारसहितका छन् र कवितामा सिङ्गा वाक्यहरू नै विम्बात्मक बनेर आएका छन् । यसर्थ यो कवितासङ्ग्रह गुणात्मक रहेको छ । कविलाई हार्दिक हार्दिक बधाई दिन्छु । चर्चाको यो अवसरका लागि साहित्य सन्ध्यालाई पनि धन्यवाद दिन चाहन्छु भन्नुभयो । 

लोकार्पित कवितासङ्ग्रहका स्रष्टा अच्युत घिमिरेले सानैमा मातृवात्सल्यबाट टाढिनुपरेको र आमाको माया नपाउनुको पीडालई कवितामा अभिव्यक्त गर्ने प्रयत्न मैले गरेको हुँ, मेरो अभिव्यक्ति सङ्ग्र्रहमा समेत समावेश गरेको छु । धेरै कुरा नभनी कविता पढिदिन र लेखेर वा मौखिकरूपमा प्रतिक्रिया जनाइदिनुहुन अनुरोध गर्दछु भन्नुहुँदै सङ्ग्र्रहभित्रको एउटा कवितावाचन गर्नुभयो । 

गोष्ठीमा देबु लुइटेल, डा.गोविन्दप्रसाद आचार्य, अनिता लामा, गणेश घिमिरे ‘मार्मिक’, भोलानाथ सुवेदी, भावना न्यौपाने, पदम मुनारी बाहिङ, माधव प्रधान, डा.भागवत आचार्य, जयन्ता पोखरेल, प्राज्ञ नन्दु उपे्रती, यदुनाथ वसन्तपुरे, रामबहादुर पहाडी, नारायण निरासी, मुकुन्द न्यौपाने, बैरागी जेठा, रूपक अलङ्कार, ज्ञानु विद्रोही, राधा कार्की, नमुना शर्मा, डा.खेम दाहाल, प्रशान्त खरेल, गोमादेवी कटुवाल, सुमी लोहनी र गोपालकुमार मैनालीले आआफ्ना कविता, गजल, गीत, हाइकु वाचन गर्नुभएको थियो । 

गोष्ठीका अध्यक्ष गोपालकुमार मैनालीले साहित्य सन्ध्याले हरेक महिनामा कुनै न कुनै समसामयिक विषयमा गम्भीर बहस गर्ने र कवितावाचन गर्ने विशेष समारोहको आयोजना गर्ने गरेको छ । साहित्य सन्ध्या भनेको वैचारिक अभियान सञ्चालन गर्ने अभियन्ता पनि हो । हामी स्रष्टाको ध्यान समाजका विद्रूपता जस्तै छाउपडीविरुद्ध सशक्तरूपमा कलम चलाउनतिर र समग्र सामाजिक रूपान्तरणका पक्षमा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको छ । साहित्य सन्ध्या पनि सामाजिक रूपान्तरणका पक्षमा केन्द्रित हुँदै वार्षिक कार्ययोजना बनाएर अगाडि बढ्ने छ र सोहीअनुसार हरेक महिना कुनै न कुनै विशेष विषयमा बहस गर्दै काव्यगोष्ठीको आयोजना गरिने बताउँदै उहाँले गोष्ठीको समापन गर्नुभयो ।
–रमेश पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x