सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वरिष्ठ साहित्यकार बसन्तकुमार शर्माको निधन

Nepal Telecom ad

 height=बैशाख ७, २०७६  काठमाडाैं ।  वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको निधन भएको छ । {{read_more}} मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको ९७ वर्षको उमेरमा शनिबार कुमारीगालस्थित निवासमा निधन भएको हो । शर्माको जन्म वि.सं १९८४ सालमा महाराजगन्जमा भएको थियो । 

 

 

साहित्यकार शर्मा नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक हुन् । उनका दर्जनौँ साहित्ससम्बन्धी पुस्तकहरू प्रकाशित छन् । 

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए । 

साहित्यकार रमेश शुभेच्छुुले शर्माको निधनले नेपाली साहित्यमा अतुलनीय क्षति पुगेको बताए । शुभेच्छुले शर्माको शैक्षिक पाटो जनतामाझ आउन नसकेको बताउँदै सधैं अनुवाद र सिर्जनामा सक्रिय रहेर नेपाली साहित्यलाई महत्त्वपूर्ण योगदान गरेको बताए । 

फरकधारसँग कुरा गर्दे उनले भने, ‘शर्माले नेपाल साहित्यमा पु¥याउनु भएको योगदान अतुलनीय छ । अनुवाद र सिर्जनामा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो । आम नेपाली समाजले साहित्यकारका रूपमा बढी चिने पनि नेपाली शैक्षिक जगत्मा पनि उहाँको विशेष योगदान रहेको छ ।’  

साहित्य, शिक्षा र समाजसेवाको माध्यमबाट समाजलाई पुर्याएको योगदान चर्चा गर्दे सुभेच्छुले वसन्तकुमार शर्मा ६ वटा क्याम्पस, २० वटा स्कुल, नेपाल फुटबल संघ र नेपाल स्काउटको समेत संस्थापक भएको जानकारी दिए ।   

स्वर्गीय शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् । उनको आजै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएकाे पारिवारीक स्रोतले जनाएको छ । 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad