साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदरका हातमा नरिवल

Nepal Telecom ad

 height=(हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘बाँदरका हातमा नरिवल’
माथिको व्यङ्ग्य समीक्षा)

‘त’ बर्गको अन्तिम वर्णबाट
निस्कन्छ त्यो नाम त सानसाथ
पछाडि नाङ्गै छ र लाज मान्छ
‘न’ लाई आकार छ एउटा थ ।

लुकेर बस्छ तर ठोक भन्छ
इमानकासाथ रहन्छु भन्छ
टेकेर पाउ रचि व्यङ्ग्य ठोक्छ
लमक्क लम्केर अगाडि बढ्छ ।

कैले ‘मिटिङ् मन्थन’ सोचि बस्छ
‘बद्नाम राम’हरूलाई भजि रहन्छ
कैले त त्यो ‘राष्ट्रिय झोल’ लेख्छ
गम्भीर निष्कर्ष निकालिरन्छ ।

‘काम्रेडको स्वाद’ प्रकट् गरेर
‘बिकट् टिकट्’को परिणाम धेर
अगाडि ल्याइ छरपष्ट पार्छ
अनेक बिकृति उरालि दिन्छ ।

हावा हुसेरिकन ‘हुस्सुकान्त’
‘टुट् फुट’ नाराहरू घोकिरन्छ
ठोक्ने दिम्दै राय उ ‘ठोकिदिन्छ’
कैं धांधली भो कि त झम्टिहाल्छ ।

‘भाषा र भक्ति’ अनि ‘गाईजात्रा’
‘अपार व्यापार’ यता उताका
तिहारमा ‘देउसुरे’ पुकार्छ
नेताजीलाई दिन ‘पोलियो’ छ ।

मिलिजुलि खेल बनाउने ऊ
काम्का चिठि पत्र पठाउने ऊ
इनाम् पुरष्कार दिलाउने ऊ
‘चुक्लि चमत्कार’ जुराउने ऊ ।

‘स्वप्ना कुकूर्’का पनि लेख्न सक्छ
लेखक् बृत्तान्त उहि लेख्न सक्छ
उ भ्रष्टको साथ दिँदो रहेछ
‘टन्टन् टेलिफोन’ बजिरहन्छ ।

‘कम्पिटिसन्’मा ‘बलड्याङ’ खाए
‘छेपारो माउसुली’ बात आए
‘उल्टो गति’देखि रमाउने हो
चार् मार्ग देखेर बताउने त्यो ।

यौटा नरीवल टिपेर ल्याई
दिलाइयो बाँदर भाइलाई
के गर्छ त्यो बाँदर हेरदैछ
लुइटेल् नरनाथ चिहाउँदैछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x