साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो भुँडी

Nepal Telecom ad

 height=टन्नै खान्छु म दाल, भात, चटनी मानेर मीठो अनि ।
ठूलो हुन्न भुँडी अझै तलतलै घट्दै छ यो तैपनि ।। {{read_more}}
फर्सीझैँ बनियोस् म भन्छु जहिल्यै गोलो फुकेको भनी ।
भित्रै पस्छ हुँदैन पुट्ट बिचरो ! खाए पचाए पनि ।। १

माग्दा हुन्छ भने अहो ! भनिदिनुस् मागेर लिन्थेँ चुँडी ।
ठूलाठालुसँगै थिए गजबका घ्याम्पे र पुन्टे भुँडी ।।
सासै फेर्न कठोर नै किन नहोस् खप्थेँ बडो गर्वले ।
भन्थेँ गर्छु म काम रत्ति नडगी के रोक्छ यो पेटले ।। २

पैसा छैन भने कतैतिर भुँडी तेस्र्याउँदा मान्दछन् ।
मान्छेका अघि पो परिन्छ जगमा ठूलै भनी गन्दछन् ।।
नेता बन्न सकिन्छ मान–मनितो गर्छन् सबैले बुझी ।
जो भेटे पनि हाँस्छ भन्छ मनले आहा ! फुकेको भुँडी ।। ३

पाकेका फलपूmल, खीर, हलुवा खाएँ पचाएँ कति ।
धेरै हेर–बिचार गर्छु तर यो छाड्दैन घट्ने मति ।।
इच्छा जाग्छ गणेशभैmँ उदर होस् ठूलो बनूँ लोकको ।
कुर्सी, मान मिलोस् र व्यञ्जन मिलोस् तृष्णा नहोस् भोकको ।। ४

बिन्तीपत्र म हाल्छु हे शिवहरे ! ठूलो भुँडी भैदियोस् ।
हेप्ने छन् मकनै अझै कतिजना सेखी सबैको झरोस् ।।
कोही छैन भुँडी बिहीन तर यो ठूलो कसैको नहोस् ।
मेरैमात्र बढोस् बिछट्ट गतिले ताली तमासा बनोस् ।। ५
जुरोपानी–४, झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x