होम सुवेदीथुकेको छ आज

ध्वजा हेर हाम्रो झुकेको छ आज
सबैको निसाना चुकेको छ आज ।। {{read_more}}
हिजोसम्म नारा लगाएर हिंड्थे–
तिनैको कलेजो सुकेको छ आज ।।
थियो बाँधिएकै हिजोसम्म साँढे
चुँडाएर दाम्लो फुकेको छ आज ।।
सिमाना र गौंडा खुलेका खुल्यै छन्
लुकी शत्रु गौंडो ढुकेको छ आज ।।
तिखा लाख भाला यतै लक्ष्य पारी
यतै हान्न बैरी लुकेको छ आज ।।
सबै ठान्दथे भाग्यशाली सबै छौं
स्वयं भाग्यले नै थुकेको छ आज ।।
भद्रपुर
Subscribe
Login
0 Comments
Oldest








































