सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साला यस्तो देशमा के बस्नु ?

Nepal Telecom ad

 height=उनीहरू दुबैजना वर्किङ भिसामा विदेश गए । घर त थियो तर त्यसमा ताल्चा लगाएर गए । {{read_more}}

उनीहरूको भिसा होम सर्वेन्टका रूपमा लागेको थियो र संयोगले एउटै घरमा काम पाएका थिए ।
पति बुढालाई ह्विल चेयरमा डुलाउने, कुकुर डुलाउने, लन सफा गर्ने, किनमेल गर्ने र घरका ठूलाठूला सफाइका काम गर्थे भने पत्नी खाना बनाउने, कोठा सफा गर्ने, ओछ्यान मिलाउने, बुढीलाई डाइपर र लुगा फेरिदिने र नुहाइदिने इत्यादि काम गर्थिन् । समग्रमा ती वृद्ध जोडीको सम्पूर्ण जिम्मेवारी उनीहरूकै थियो । आमदानी पनि राम्रो थियो ।

घर आउँदा घर फोहर भएको र झार उम्रेको देखेर दिक्क भएका पतिचाहिँ बिहानै गाउँतिर लागे सफाइका निम्ति कामदारको खोजीमा । कतै नपाएपछि उनी भुन्भुनाउँदै भित्र पसे, “साला, यस्तो देशमा पनि के बस्नु ? एउटा लेबर पनि पाइँदैन । अब यो घरको सफाइ कसरी गर्नु ?”
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल