मन्त्री बनी खान्छु म 

खाँदी खाडलमा अमिल्चो नबनी को हेर्छ सिन्की मुला । खानामै छ मजा, म खान्छु दिनहुँ बाक्ला फिला ह्याकुला

 height=खाँदी खाडलमा अमिल्चो नबनी को हेर्छ सिन्की मुला
खानामै छ मजा, म खान्छु दिनहुँ बाक्ला फिला ह्याकुला
मेरै पौरख हो मलाई रसिलो, तारेर खान्छु म ता
बैरीका नलिहाडखोर, सुरुवा पारेर खान्छु म ता ।

खानै निम्ति म जन्मिया हुँ जगमा, नेपालको काखमा
रोडा, बालु, डिजेल तेल पिउने, को छन् मझैँ लाखमा
मेरो तागत भन्नु खानु पिउने  मुस्लोसँगै ज्युँछु म ।
खान्चेमा म ठुलो छु मित्र, महँगा गाडी पनि प्युँछु म

कुख्राका फुलझैँ पुलै निलिदिने पप्पु बनी खान्छु म
ती लाप्सा सुनका कुइन्टल बडे यै पेटमा खान्छु म
हल्ला हुज्जत मेडिया जगतमा सर्वस्व हुन्  ठान्छु म
खान्कीको भर अख्तियारतिरको आयुक्त नै खान्छु म ।

लाखौँ नोट बिटा बिटा कति बिटा बास्ना बसाइदिने
देखी बण्डलमा लपक्क जिउरो, रालै रसाइदिने
पैसा झर्छ र खान मिल्दछ भने मार्छु म पत्नी पनि
पोको झर्छ भने युरो डलरको बेच्दिन्छु आमा पनि ।

पैसाकै बलमा हलाहलसँगै, शिक्षा पनि खान्छु म
मेरो देश विकास निम्ति लिइने भिक्षा पनि खान्छु म
खाने काम तमाम हुन्छ सजिलै ठेक्का गरी खान्छु म
खाने मण्डलभित्र पस्छु सहजै मन्त्री बनी खान्छु म ।

०७६ साउन,
कलङ्की, काठमाडौं

चम्चा चिन्तन

चम्चा चिन्तन

नरनाथ लुइँटेल
के रे ? नेतालाई चोर भन्छन् रे ?

के रे ? नेतालाई...

फित्काैली
बूढो नेताको भाषण

बूढो नेताको भाषण

खगेन्द्र नेउपाने
पद

पद

खगेन्द्र नेउपाने