साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक दिन पार्वती र महादेव

Nepal Telecom ad

एक दिन
पार्वतीले महादेवलाई भनिन्–
स्वामिजी !
यो बुढो गोरु कति चढ्नु
तपाईंले पनि पल्सर बुलेट हाक्नु पर्यो
यो प्रेयसीलाई
नेपाल भारत घुमाउन आक्नु पर्यो
पार्वतीको कुरो सुनेपछि
महादेवले फकाउँदै भने–

मेरी डार्लिङ
गाडी चलाउनलाई लाइसेन्स चाहिन्छ
हामी देवताहरूलाई त्यो कसरी पाइन्छ ?
लाइसेन्स पाउन कतिलाई मनाउन पर्छ ?
तिमीलाई के थाह
जाबो कागतको टुक्रो पाउनलाई
कतिको लुतो कनाउनुपर्छ
पल्सरमा घुमाउँदा तिमीलाई
मुन्दे्र मुन्डलेले ताक्न सक्छ
तिमीलाई थाहै छ मेरो रिस
मान्छेलाई हान्दा, त्यो बाटो छेक्ने
मेरै साँढेलाई लाग्न सक्छ
अझै गाह्रो कुरो
यति राम्री तिमीलाई देख्दा
मान्छेको मनमा पनि पाप जाग्न सक्छ
यो सोझो भोलेसँग
जालन्धरले जस्तै
त्यो मान्छेले पनि
तिमीलाई माग्न सक्छ ।

तर पार्वतीले जिद्दी गरी छाडिन्
पल्सरको पछाडि चढी छाडिन्
पल्सर हावा झैं हुइँकिन थाल्यो
सडक थर्काउँदै सुइँकिन थाल्यो
ब्रेक लगाउँदा बाँस झैं कुइँकिन थाल्यो
पुलिसले रोक्न घारो नै टाँग्यो
बुढासँग तु. लाइसेन्स माग्यो
महादेवले भने–
म मान्छेलाई लाइसेन्स दिने देव हुँ
के को लाइसेन्स ! म देवका पनि महादेव हुँ
यी पछि बसेकी मेरी पार्वती हुन्
तिमीलाई थाहै छ,
यी मेरी आफ्नै श्रीमती हुन् ।

पुलिसले आफ्नो नाकलाई
महादेवको मुखमा सुघाउँदै भन्यो–
बुढो त दिउँसै मातेर आ‘को छ
टुन्न भाङ धतुरो सबै ला‘को छ
पुलिसले लाठी घुमाउँदै भन्यो–
तिमीलाई थाह छैन
काठमाण्डुमा मापासे छा‘को छ
मापासेको पुलिसले पा‘को छ
छ भने खुरुक्क लाइसेन्स देखाऊ
नत्र जरिमाना तिर्न आफ्नो नाम लेखाऊ ।

महादेव भने–
बालक म महादेव नै हुँ
पार्वतीलाई घुमाउन ल्याएको
पशुपतिमा भक्तले दिएपछि
हार्न नसकी बुटी भ्याएको ।
पुलिसले भन्यो –
अस्ति एउटा लल्लुले पनि यस्तै भन्दैथ्यो
आफूलाई राम, तरुनीलाई सीता ठान्दैथ्यो
हिजो अर्काे कल्लुले पनि
आफूलाई कृष्ण र तरुनीलाई गीता ठान्दैथ्यो
आज अर्काे झल्लुले
आफूलाई महादेव तरुनीलाई पार्वती भन्दैछ
धतुरोकोे सुरमा आफूलाई देवता पो ठान्दैछ ।

महादेव भने–
हेर बालक
तिमीलाई जाबो देश चलाउन
टेन्सन भएर
बोतलका बोतल रक्सी तान्छौ
दिनभर असुली गरेर
त्यही पैसोले टुन्न रक्सी खान्छौ
बिहान उठेर आँखा मिच्दै
फेरि असुलीमा जान्छौ
मलाई त झन संसार चलाउँदा
के के हुन्छ
तर दुई चार चिलिम तान्दैमा
यसले के छुन्छ ?

पुलिसलाई झोंक चलेपछिी भन्यो–
तिमी बुढालाई दुई चार लाठाले
हानेपछि थाह हुन्छ
यसपछि के के हुन्छ
उसले अन्तिम उपाय सुझाउँदै
बुढालाई कुनामा लैजाँदै भन्यो–
छ भने दाम
खुसुक्क खल्तीमा हालिदिए हुन्छ
छैन भने तिम्री तरुनी
यसो हाम्रो काखमा फालिदिए हुन्छ
नत्र भने
दुबैलाई कडाभन्दा कडा सजाय हुन्छ
त्यसपछि त
महादेव पार्वती अन्तरध्यान भए
सकिँदैन यो मान्छेसँग भन्दै
कैलाशतिर गए ।
मोटर बाइकको धुँवाले
पुलिस काँस्दै थियो
बुढो त खल्ली जादुकर रहेछ
भन्दै ऊ पनि हाँस्दै थियो ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x