साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म आधुनिक पत्रकार

Nepal Telecom ad

म आधुनिक पत्रकार
सडक छापलाई
महलछाप बनाई दिन्छु
मूर्खलाई विद्वान बनाई दिन्छु
विद्वानलाई लठ्ठु घोषित गरिदिन्छु
यसको लागि मेरा मालिक पत्रकारको
मन खुसी भएको हुनु पर्छ
अथवा मेरो घरमा तिम्रो
लक्ष्मी माताकी जय ! भन्ने फोन आएको हुनुपर्छ ।

जस्तोसुकै भ्रष्टाचार गर
जस्तोसुकै कुकर्म गर
जस्तोसुकै राष्ट्रघात गर
तर, मेरा मालिक पत्रकार

मलाई कर बुझाऊ
सबै कुरा क्षम्य हुन्छ
तिमीलाई महान व्यक्ति बनाई दिन्छु
तिमीलाई सम्मानित नागरिक बनाई दिन्छु ।

तिमी इमान्दार हुनु जरुरी छैन
तिमी कुनै विषयको ज्ञाता हुनु जरुरी छैन
तिमी हेभी वेट हुनु जरुरी छैन
तिमी पुजनीय हुनु जरुरी छैन
तिमी समाजसेवी हुनु जरुरी छैन
केबल कुबेरलाई साथमा लिएर आउ
म तिमीलाई सबैथोक बनाई दिन सक्छु
तिमीले सोच्दै नसोचेको संसार दिलाई दिन सक्छु ।

तिमीले बोल्न नजानेर के भो !
एडिट गर्ने मेरो कला छँदै छ नि !
तिमीले तर्क गर्न नजानेर के भो !
तर्क घुसाउने कला म मा छँदै छ नि !
केबल तिमीसँग मेरो सँगत गर्ने हिम्मत
अनि उठबस गर्ने तागत भए पुग्छ
म तिमीलाई कहाँबाट कहाँ पु-याई दिन सक्छु ।

तिमी उद्योगी बन
अनि मजदुर ठग
गुणस्तरहीन सामान बनाउ
उपभोक्ता ठग
अन्तशुल्क मार
आयत निर्यात कर छल
भ्याट मार
प्रतितपत्रमा घोटला गर
तर
मालिक पत्रकार हाम्रो बाबुसाहेब

जागिरे पत्रकार मलाई बारम्बार भेट्दै गर
तिमीलाई कसैले प्रश्न उठाउन सक्ने छैनन्
तिमीलाई कसैले टेडो नजरले हेर्न सक्ने छैनन् ।

तिमीलाई गीतकार साहित्यकार बन्न मन छ
यसको लागि म तयार छु,
मेरो मालिक तयार छन्
तिम्रो लागि रेडिमेड गीत पठाई दिन्छु
तिम्रो लागि आधुनिक कथा लेखि दिन्छु
तिमी सिङ न पुच्छरको कविता लेख
म त्यसमा ज्यान भरिदिन्छु
उच्च बखानकासाथ प्रचार गरिदिन्छु
तिम्रो प्रसंशामा थुप्रै लेख छापिदिन्छु
देश विदेशमा तिम्रो अगाडि पछाडि
सिधा–सिधादेखि लम्बरी टाठा बाठाहरुको
जन्ति नै तयार गरिदिन्छु
तर तिमीमा लाज घिन केही हुनुहुन्न
केबल खोल्ती गरमा गरम भए मात्र पुग्छ ।

म पहाडलाई तिल बनाउन सक्छु
तिललाई पहाड पनि बनाउन सक्छु
यो त मेरो अहिलको व्यवसाय हो
नाफाको लागि जे पनि गर्न सक्छु
त्यसैले,
गाह्रो नमान्नु है
किनकि मेरो पत्रकारिता व्यवसाय होइन
मेरो व्यवसाय नै पत्रकारिता हो
त्यसैले
यसैबाट नै मेरा मालिक र मेरो चाहना
पुरा गर्न म मरेर लाग्नु पर्छ
व्यवसायको धर्म पुरा गर्नु पर्छ
व्यवसायको मर्मलाई मैले माया गर्नै पर्छ ।

३ मे २०१३, पिटरबरो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x