साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोकले र चञ्चले

Nepal Telecom ad

(यो कविता सांसदहरूलाई लक्षित गरिएको हैन है)

दाइ कोकले भाइ चञ्चले
गाइ गोरु ली चौरमा चले
साथ गाउँका वाल-मण्डली
बस्तु भाउ ली उफ्रँदै चले ।

व्योममा उता घाम चम्कियो
वायुले यता सरर हम्कियो
पातपातमा रूख वल्लरी
तान्दछन् सफा छत्र झल्लरी ।

स्वादिला मुना बस्तु चर्दछन्
बाल बालिका खेल खेल्दछन्
निकटमै बगेको सफा जल
दिव्य गान झैं गर्छ कल्कल ।

रूख पातमा फूल फुल्दछन्
खेतमा अहा ! धान झुल्दछन्
चौरमा उता बस्तु डुल्दछन्
बाल बालिका खेल खेल्दछन् ।

सरर वायुमा विटप फेदमा
कोकले सुत्यो मस्त नींदमा
चञ्चले चढ्यो आँप बोटमा
फल टिपी टिपी चुस्छ मोजमा ।

हूल गाइका खेतमा पसे
गोरुले उखू भाँचदै चुसे
धान फाँडियो लाछियो मकै
आज बस्तुको भो चकाचकै ।

खेतका धनी दिक्क मान्दछन्
हातमा छडी ली धपाउँछन्
हलल गाउँले हाँस्न थाल्दछन्
चञ्चलेहरू लाज मान्दछन् ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x