साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुरापाती हाकिमको लन्डन योजना

Nepal Telecom ad

म र तिमी एक हफ्ताको लागि लन्डन जादैछौँ ।
त्यहाँ गएर रमाइलो गर्नु पर्छ ।
सेक्रेटरी आफ्नो लोग्ने शेरेसँग फोनमा :
अफिसको कामले म बोससँग एक हफ्ताको लागि लन्डन
जाँदै छु ।

शेरे आफ्नो गर्लफ्रेंडसँग :
मेरी बुढी एक हफ्ताको लागि बाहिर जाँदैछे ।
तिमी घर आऊ, रमाईलो गर्नुपर्छ ।

गर्लफ्रेंड टिचर हुन्छे । उसले आफ्ना विद्यार्थीलाई
भन्छे : आजदेखि एक हफ्ताको लागि छुट्टी । म
गाउँ जाँदैछु ।

खुरापाती हाकिमको छोरा त्यही स्कुलमा पढिरहेको हुन्छ ।
खुरापातीको छोरो :
बाबा मेरो स्कुल एक हफ्ताको लागि बिदा भयो
म घर आउँदैछु ।

खुरापाती हाकिमले सेक्रेटरीलाई
भनेछ :
मेरो छोरो आउँदैछ
एक हफ्ताको लागि भ्रमण रद्ध ।

सेक्रेटरी आफ्नो लोग्ने शेरेसँग :
भ्रमण रद्ध ।

शेरे आफ्नी गर्लफ्रेण्डसँग :
बुढी नजाने भई ।
तिमी यहाँ नआऊ ।
गलफ्रेण्डले आफ्ना विद्यार्थीसँग :
अब बिदा हुँदैन । म गाउँ जान नपर्ने भो ।

खुरापातीको छोरो :
बाबा पढाइ हुने भो । म घर आउँदिन ।

खुरापाती हाकिम सेक्रेटरीसँग :
मेरो छोरो नआउने भो । अब फेरि लन्डन गएर
रमाइलो गर्ने ।
….
….
अब कति लेख्नु फेरि शुरुदेखिकै
कुरा…… !!
–पद्मराज पाण्डे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x