साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छोरो

Nepal Telecom ad

प्रभु !
न दिन छ न रात छ
के भन्नू घर भरि समस्याको खात छ
छोरा छोरीको कूरा नगरुँ क्यारे
मेरो त सधैं पूर्पूरोमा हात छ
तिम्रो के वात छ ?

मेरो छोरो ।
यो चरिनंङ्ग्रे मोरो ।
नौ वजे उठ्छ र दश बजे खान्छ
एघार वजे स्कुल भन्छ ख्वै कता कता जान्छ
कहिलै पानी नआउने यो धाराको भल्भ हो
धेरै निभ्ने थोरै वल्ने विजूलीको वल्व हो
यो विग्रिएको मोटर गाडी
ठिटीको पछाडी पछाडी
चार वर्ष आठ फेल
आठ बर्ष दश
क्या हो छोरा ? भन्नु हुन्न यो कस्तो सकस
आउने जाने निधो हुन्न यो डामेको साँंढ हो
वर्षौं देखि कुहिएको गन्हाउने जाँड हो
आफ्नै घरको पाहुना यो आदर गर्नु पर्छ
होइन भने वंगाराले भूई झर्नु पर्छ

कहिले काहीं हप्तौं सम्म कता हराउँछ
धूरी माथी कालो कालो कौवा कराउँछ
पहूँच यसको माथी माथी प्रहरीको साथी हो
सवै थाना घूमेको छ के यो सानो ख्याती हो ?
शरिर भरी चोटै चोट छन विचरो वेहाल छ
के भो वावू ? आंखा हेर्छू टमाटर झैं लाल छ
मेरो छोरो ।
यो चरिनंग्रे मोरो ।

पाइन्ट किन्छ संग संगै पत्ती पनि किन्छ
टालाटुली वटुली कति राम्री पुतली
रंगीचंगी मेरो राजा लाउने खाने दिन छ
धेरैजसो वामे सर्छ, खूट्टाले कम हिंड्छ
खल्ती टन्न हूने दिन टाउकैले हिंड्छ
कूशल शल्य चिकित्सक हो आफ्नै वाउको खल्तीको
खोटो मोहर मेरो राजा अहिले चलन चल्तीको
प्रभु । यो बहूमूखी प्रतिभा ।

तन्द्रयाङ तून्द्रूङ झूण्डयाउछ यो घिरौंलाको झिक्रोंंं हो
दाल, चामल, नुन, तेल सक्रान्तिको खित्रो हो
यसले खाने खाजा
वजाउने वाजा
त्यै वाजामा कस्तो राम्रो नाच्छ मेरो राजा
कहिलेकांही मलाई पनि संगै नाचुं नाचुं लाग्छ
वाउसोको बींड एउटा मलाई भांचु. भाचुं लाग्छ
क्या हो क्या हो यसको चाला
दश थरीका लाउछ माला
गुन गुन गुन गुन गीत गांउँछ
गीत यस्तो कि नींद लाउँछ
मेरो छोरो ।
यो सूंईंखूट्टे मोरो ।

उसको जँुगां मात्रै काटे पनि एउटा दम्लो वन्छ
कपालको कुरा नगरुँ एउटा ठुलै काम्लो वन्छ
अगाडिवाट लोग्ने जस्तो
पछाडिवाट स्वास्नी जस्तो
कानमा मुन्द्री पनि लाएकै छ
हातमा चूरी पनि लाएकै छ
यो जनकपुर जय नगरको रेल
एकोहोरो धूवां छाडछ
गोठालो विनाको गाई जस्तो
थोरै लीकमा हिड्छ
धेरै मान्छेको खेतवारी पस्छ
मेरो राजा
मेरो पीण्डदाता
सहनू पर्छ, बुढोले सवैथोक सहिदिए नि हुन्थ्यो भन्छ
रिसमा ‘यो बुढो झटपट गईदिए नि हून्थ्यो’’ भन्छ
मरे पछि म वुढोलाइ पीण्ड चखाउने रे यसले
पीण्ड पनि कस्तो मीठो मःम पठाउने रे यस्ले
स्वास्नीको कूरा सून्दैन उ वडो जाती छ
उ जस्तै जाती अर्को मेरो एउटा नाती छ
उफ् ।
न रात छ न दिन छ
काल गतिले मर्न पाए स्वर्ग पुगिन्थ्यो कि
एक पल्ट हेरी पाउँ प्रभू ।
मेरो नामको खातामा त्यहां अझै कति ऋण छ ।

मणिग्राम, रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x