साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विज्ञान तिमी झुट्टा रहेछ

Nepal Telecom ad

विज्ञान तिमी झुट्टा रहेछौ,
तिम्रा निर्जीव बस्तुले पनि बोल्दा रहेछन्
आज मसँग मेरो दराज बोल्यो
दराजभित्रको किताब बोल्यो
पल्टाएर हेर्दा, किताबभित्र कोरिएका
जथाभावी फोहोर देखिने कोराई बोल्यो ।

बीच पानामा वर्षौदेखि थिच्चिइरहेको
मयुरको प्वाँख बोल्यो
पेन्सिल तासेर निकालेको बोक्रो
किताब भित्रबाट खोक्दै बोल्यो
दराज हल्लिँदा किताबको चाङ माथिबाट
एउटा ठुटे कलमले मेरो ताल सेक्दै बोल्यो ।

एकै साथ सबै बोल्न लागे,
‘साइलेन्स’ भनेर टेबुल ठोक्दा पनि टेरेनन्
अहो,
‘साइलेन्स’ भन्दा यो ‘साइलेन्स’ को
सम्झना पनि बोल्यो
विज्ञान मेरा सामानहरू बोल्दा रहेछन्
तिमी झुट्टा रहेछौं ।

मेरो किताबले मलाई,
म फेल भएको विगत बोल्यो
मेरो पेन्सिलको धुलोले,
साथीको कटर चोरेर तासेको क्षण बोल्यो
कलमको ठुटोले
सरले औँलाको बीचमा राखेर
च्यापिदिएको पीडा बोल्यो
बोलीनै बोलीमा मिठो हल्लै बोले
एउटा खुत्लिएको ‘लिप केएरका’ बट्टाले
मेरो जवानी बोल्यो
त्यसले भन्यो–
तँलाई तेरी प्रेमिकाले दिएको थिई
मलाई धसीधसी चुम्बन गर्थिस् ।

अझै भनौँ मेरो थोत्रो लुगा बोल्यो
मेरो टेबल बोल्यो
मेरो खाट बोल्यो
को को बोले, के के बोले
म भन्न सक्तिनँ
बस्,
एकै छिनमा अनगिन्ती याद बोले
तर, तर
सबैले एउटा कुरा चाहिँ
साझा बोले ।
कि– विज्ञान तिमी झुट्टा रहेछौ
तिमी आफूमा बहिरा रहेछौ
अनि अरुलाई लाटा भन्दा रहेछौ
मेरा सामानहरू बोल्दा रहेछन्
बस् तिमी सुन्न नसक्ने रहेछौ
वास्तवमा निर्जीव त तिमी रहेछौ ।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x