साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठाउँ देखाइ देऊ लुक्ने !

Nepal Telecom ad

कामकुरो भन्दा बोली र स्वाङ,
जता पो हेर्छु उतै छ भ्वाङ ! लौजा !

पानी संस्थान तिर्खा बाँड्छ सञ्चार संस्थान सिमकार्ड
छायाँ बाँड्छ विद्युत संस्थान, बाचा बाँड्छ सरकार
जति बढाऊ तेलको मूल्य तेलै संस्थान हक्दार !
वाक्क म चै आफ्नो मुटु घोच्दा घोच्दा दिक्दार ।

भवन विभाग टल्काउँछ घर आफ्नै वरिपरि
हावाई विभाग मैदान टाल्छ सधै मरी मरी
रोजगार विभाग युवा लस्कर हेर्छ मख्ख परी
गति हेर्छु आफ्नो घरको त्यसै छक्क परी ।

उद्योग विभाग उद्योग गर्छ लाईसेन्स बाँड्ने कामको
वाणिज्य चैं बिजनेस गर्छ ‘व्यापार घाटा’ नामको
आपूर्तिको व्यवस्था छ सधै छालछामको
शिक्षा विभाग खोज्दै व्यस्त झोले स्कुल गामको ।

पार्र्टी हैन पाटी भए गुण्डाहरू लुक्ने
एनजीओ चाहिँ पम्प भए हावा धेरै फुक्ने
वादीहरू अधिकारका आफ्नै स्वार्थ भुक्ने
लौ न ईश्वर ठाउँ देखाइदेऊ कहीं छ कि लुक्ने ?
कामकुरो भन्दा…. लौजा !

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x