सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नैतिकता !!

वास्तवमा म पनि सक्कली निरीक्षक होइन । सक्कली निरीक्षक त क्रिकेट खेल हेर्न गएका छन् ।

Nepal Telecom ad

विद्यालय निरीक्षक कक्षाभित्र प्रवेश गरे र विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने, “म तिमीहरूलाई तिनोटा प्रश्न सोध्छु । यस कक्षामा सबैभन्दा जान्ने तीन विद्यार्थीहरू एक एक गरेर अगाडि आऊ र मैले सोधेका प्रश्नको उत्तर देऊ ।”

कक्षामा प्रथम हुने विद्यार्थी अगाडि आयो । निरीक्षकले कालो पाटीमा लेखेको प्रश्नको उत्तर लेख्यो र आफ्नै ठाउँमा गएर बस्यो ।

फेरि दोस्रो हुने विद्यार्थी उठ्यो, अगाडि गयो र निरीक्षकले कालो पाटीमा लेखेको प्रश्नको उत्तर दिएर आफ्नै ठाउँमा गएर बस्यो ।

त्यसपछि तेस्रो हुने विद्यार्थी उठ्यो । तर ऊ डराइरहेको र आत्तिएको थियो । बिस्तारै अगाडि बढ्यो र प्रश्नको उत्तर लेख्न थाल्यो । त्यै बेला निरीक्षकले देख्यो तेस्रो पटक आएको विद्यार्थी पहिले आएको विद्यार्थी थियो । निरीक्षकले उस विद्यार्थीको कानमा समात्यो र भन्न लाग्यो, “बेइमान ! तैले मलाई धोखा दिँदैछस् ? तँ उही पहिले आएको विद्यार्थी होइनस् ? तँ फेरि कसरी आइस् ?”

डराइ डराइ विद्यार्थीले भन्यो, “माफ गर्नोस् महासय, म उही हुँ । मेरो साथी आज क्रिकेट खेल हेर्न गएको छ । जानेबेला उसले मैले गर्नुपर्ने केही काम पर्यो भने तिमीले गरिदिनु भनेको थियो । त्यसैले उसको ठाउँमा म आएको हुँ ।”

निरीक्षकले भन्यो, “यो त अचाक्ली भयो ! एउटाको परीक्षा अरुले दिन मिल्छ ? यो अनैतिक काम भएन ?” अबदेखि यस्तो भुल नगर्नु भनेर उसले विद्यार्थीलाई गाली गर्योे र सम्झायो पनि ।

नजिकै शिक्षक थियो । चूपचाप उभिएको शिक्षकतिर हेर्दै निरीक्षकले भन्यो, “मैले त चिनिन चिनिन, तपाईले किन भन्नु भएन ? किन चूपचाप उभिनुभयो ? मलाई पहिले किन जानकारी गराउनु भएन ? यस बदमासीमा तपाई पनि सम्मिलित हुन चाहनुभएको हो ?”

डराइ डराइ शिक्षकले भने, “माफ गर्नुहोला महासय ! म पनि यस कक्षाको शिक्षक हैन । यस कक्षाका शिक्षक क्रिकेट खेल हेर्न गएका छन् । मेरो केही काम पर्यो भने तिमीले गरिदिनु भनेका थिए, त्यसैले म उनको ठाउँमा उभिएको हुँ ।”

त्यसपछि निरीक्षकको रिसको पारो तात्यो । उनले भने, “विद्यार्थी त विद्यार्थी नै भए शिक्षक पनि उस्तै ! यो कस्तो बेइमानी हो ? यहाँ कस्तो शिक्षा दिन खोजिएको छ ? कस्तो नैतिकता सिकाउन खोजिएको छ ?”

शिक्षक डरले थर थर काम्न थाले । विद्यार्थीहरू पनि आत्तिए । शिक्षकलाई नोकरीको पनि खतरा थियो । त्यसैले निरीक्षक सामू हात जोडेर माफी माग्न थाले ।

निरीक्षकले शिक्षकलाई लिएर बाहिर गए र बिस्तारै भने, “चिन्ता नगर । नआत्तिऊ । वास्तवमा म पनि सक्कली निरीक्षक होइन । सक्कली निरीक्षक त क्रिकेट खेल हेर्न गएका छन् ।”

– ओसो प्रवचन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad