साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नैतिकता !!

वास्तवमा म पनि सक्कली निरीक्षक होइन । सक्कली निरीक्षक त क्रिकेट खेल हेर्न गएका छन् ।

Nepal Telecom ad

विद्यालय निरीक्षक कक्षाभित्र प्रवेश गरे र विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने, “म तिमीहरूलाई तिनोटा प्रश्न सोध्छु । यस कक्षामा सबैभन्दा जान्ने तीन विद्यार्थीहरू एक एक गरेर अगाडि आऊ र मैले सोधेका प्रश्नको उत्तर देऊ ।”

कक्षामा प्रथम हुने विद्यार्थी अगाडि आयो । निरीक्षकले कालो पाटीमा लेखेको प्रश्नको उत्तर लेख्यो र आफ्नै ठाउँमा गएर बस्यो ।

फेरि दोस्रो हुने विद्यार्थी उठ्यो, अगाडि गयो र निरीक्षकले कालो पाटीमा लेखेको प्रश्नको उत्तर दिएर आफ्नै ठाउँमा गएर बस्यो ।

त्यसपछि तेस्रो हुने विद्यार्थी उठ्यो । तर ऊ डराइरहेको र आत्तिएको थियो । बिस्तारै अगाडि बढ्यो र प्रश्नको उत्तर लेख्न थाल्यो । त्यै बेला निरीक्षकले देख्यो तेस्रो पटक आएको विद्यार्थी पहिले आएको विद्यार्थी थियो । निरीक्षकले उस विद्यार्थीको कानमा समात्यो र भन्न लाग्यो, “बेइमान ! तैले मलाई धोखा दिँदैछस् ? तँ उही पहिले आएको विद्यार्थी होइनस् ? तँ फेरि कसरी आइस् ?”

डराइ डराइ विद्यार्थीले भन्यो, “माफ गर्नोस् महासय, म उही हुँ । मेरो साथी आज क्रिकेट खेल हेर्न गएको छ । जानेबेला उसले मैले गर्नुपर्ने केही काम पर्यो भने तिमीले गरिदिनु भनेको थियो । त्यसैले उसको ठाउँमा म आएको हुँ ।”

निरीक्षकले भन्यो, “यो त अचाक्ली भयो ! एउटाको परीक्षा अरुले दिन मिल्छ ? यो अनैतिक काम भएन ?” अबदेखि यस्तो भुल नगर्नु भनेर उसले विद्यार्थीलाई गाली गर्योे र सम्झायो पनि ।

नजिकै शिक्षक थियो । चूपचाप उभिएको शिक्षकतिर हेर्दै निरीक्षकले भन्यो, “मैले त चिनिन चिनिन, तपाईले किन भन्नु भएन ? किन चूपचाप उभिनुभयो ? मलाई पहिले किन जानकारी गराउनु भएन ? यस बदमासीमा तपाई पनि सम्मिलित हुन चाहनुभएको हो ?”

डराइ डराइ शिक्षकले भने, “माफ गर्नुहोला महासय ! म पनि यस कक्षाको शिक्षक हैन । यस कक्षाका शिक्षक क्रिकेट खेल हेर्न गएका छन् । मेरो केही काम पर्यो भने तिमीले गरिदिनु भनेका थिए, त्यसैले म उनको ठाउँमा उभिएको हुँ ।”

त्यसपछि निरीक्षकको रिसको पारो तात्यो । उनले भने, “विद्यार्थी त विद्यार्थी नै भए शिक्षक पनि उस्तै ! यो कस्तो बेइमानी हो ? यहाँ कस्तो शिक्षा दिन खोजिएको छ ? कस्तो नैतिकता सिकाउन खोजिएको छ ?”

शिक्षक डरले थर थर काम्न थाले । विद्यार्थीहरू पनि आत्तिए । शिक्षकलाई नोकरीको पनि खतरा थियो । त्यसैले निरीक्षक सामू हात जोडेर माफी माग्न थाले ।

निरीक्षकले शिक्षकलाई लिएर बाहिर गए र बिस्तारै भने, “चिन्ता नगर । नआत्तिऊ । वास्तवमा म पनि सक्कली निरीक्षक होइन । सक्कली निरीक्षक त क्रिकेट खेल हेर्न गएका छन् ।”

– ओसो प्रवचन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x