फित्काैली डटकमठट्यौली :: गधा मन्त्री बन्ने चलन
राजाले गाउँलेलाई निकालेर गधालाई मन्त्री बनाइदिए । र हाम्रो देशमा गधा मन्त्री बन्ने चलन त्यहि बेलादेखि चलेको हो ।
“धेरै पहिला एउटा राजाले आफ्नै नाता पर्ने मान्छेलाई मौसम बिभागको मन्त्री बनाए ।
एक दिन राजालाई सिकार खेल्न जान मन लाग्यो र मन्त्रीलाई बोलाएर मौसमको जानकारी लिए ।
मन्त्रीले आगामी एकहप्ता सम्म मौसम सफा रहने हुनाले ढुक्कले सिकारमा जान भन्यो ।
राजा सबै ब्यबस्था गरेर सिकारको लागि निस्के ।
बाटोमा जाँदै गर्दा एउटा गाउँलेले राजालाई महाराज बेलुकासम्म पानी पर्छ सिकारमा नगई दरबारमा फर्किन भन्यो ।
राजालाई त्यस्तो मन्त्रीले भनेर निस्केको गाउँलेको कुरा चित्त बुझेन र गाउँलेलाई १ सय पल्ट उठबस गर्न लगाएर छोडिदिए ।
राजा जंगलतिर जाँदै गर्दा अचानक ठूलो पानी पर्यो । राजा दरबार फर्किए र मन्त्रीलाई बर्खास्त गरि गाउँलेलाई बोलाएर मन्त्री बनाइ दिए । र कसरी ठ्याक्कै मौसमको बारेमा जानेको भनेर सोधे ।
गाउँलेले भन्यो- सरकार मेरो घरमा एउटा गधा छ त्यसको कान तल लत्रिए पानी पर्छ ठाडो भए पर्दैन र त्यो कुरा आजसम्म पनि मिलिरहेको छ ।
राजाले गाउँलेलाई निकालेर गधालाई मन्त्री बनाइदिए । र हाम्रो देशमा गधा मन्त्री बन्ने चलन त्यहि बेलादेखि चलेको हो ।
-प्रकाश खड्का
Subscribe
Login
0 Comments
Oldest









































