साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जति कन्याए पनि भयो

Nepal Telecom ad

आफ्नै घाँटी आफ्नै माला जति लगाए पनि भयो
आफ्नै हात र आफ्नै गाला जति बजाए पनि भयो ।

डाडु पन्युँ आफ्नै हातमा भएपछि कसको के लाग्छ
जे जे जाला पेटमै जाला जति खन्याए पनि भयो ।

आयोजक उहाँ अनि प्रमुख अतिथि पनि उहाँ नै
आफ्नै बत्ती आफ्नै पाला जति जलाए पनि भयो ।

आफ्नो आलोचनाको आ पनि सुन्न सक्नुहुन्न उहाँ
अरूमाथि शब्दका भाला जति चलाए पनि भयो ।

कसैले तपाईं भनोस् नभनोस् हजुर भनाई माग्न
आफ्नै साली आफ्नै साला जति कजाए पनि भयो ।

लुतो भएकाले मात्र लुतो हुनुको आनन्द पाउँछ
आफ्ना नङ्ग्रा आफ्नै छाला जति कन्याए पनि भयो ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x