खोलाघरे साहिँलोेबोलबाला बुलन्द हुन्छ
सत्ताको नशा भूत चढेजस्तै चढ्छ, छोड्दैन मृत्युपर्यन्त कतै धृतराष्ट्र जन्मान्ध हुन्छ, दूर्योधन सत्तामदान्ध हुन्छ ।

“बाह्र वर्षमा उनिउँ फुल्यो खै, के जातिको गन्ध” हुन्छ
हत्यारा, अपराधी छुटेपछि, तिनकै बोलबाला बुलन्द हुन्छ ।
आम माफी आगो लाउनेलाई, ज्यानमारा र लुटेरालाई
जन्मकैदी छुट्नुको अर्थ सज्जनलाई न्याय बन्द हुन्छ ।
भेडाको सिकार गर्नु हो ब्वाँसाको उद्देश्य जहिले पनि
दाउ छोप्नु मुख्य हो, दाउको न लय हुन्छ न छन्द हुन्छ ।
कृष्ण बोधो भएपछि भीमसेनको आफ्नै चातुर्य नभएपछि
उद्दण्ड शिशुपाल हुन्छ, कंस हुन्छ, विजेता जरासन्ध हुन्छ ।
सत्ताको नशा भूत चढेजस्तै चढ्छ, छोड्दैन मृत्युपर्यन्त
कतै धृतराष्ट्र जन्मान्ध हुन्छ, दूर्योधन सत्तामदान्ध हुन्छ ।
०००
इलाम
Subscribe
Login
0 Comments
Oldest







































