विप्लव प्रतीकदेश कङ्गाल बनाऊ
तिमी नै हाम्रो विधाता, तिमी नै हाम्रो ब्रह्मा विष्णु भजन प्रभुकै गाऊ हामी जनता टुलुटुलु हेरिरहन्छौ बरु देश प्रभुहरूले नै चलाऊ जसरी हुन्छ देश चाहिँ हरिकंगाल र टाट पल्टाऊ

आऊ हजुर आऊ,
अब देशको ढुकुटी मिलाएरै खाऊ
खानलाई मोर्चा बनाऊ,
रंग बदलेर भए पनि खानचाहिँ खाऊ
देश लुटनेहरूसँगको सम्पर्क बढाऊ
बल हैन हो पासा दिमाख लगाऊ
जसरी हुन्छ देश चाहिँ कंगाल बनाएरै छाडौ
यी जनता, हामी जनता भेडा हुन् भ्या मात्रै गर्ने
दक्षिणका प्रभुको शरणमा जाऊ
तिमी नै हाम्रो विधाता,
तिमी नै हाम्रो ब्रह्मा विष्णु
भजन प्रभुकै गाऊ
हामी जनता टुलुटुलु हेरिरहन्छौ
बरु देश प्रभुहरूले नै चलाऊ
जसरी हुन्छ
देश चाहिँ हरिकंगाल र टाट पल्टाऊ
सरकार त छ, तर कसका लागि छ ?
सरकार त छ तर केका लागि छ ?
सरकार त छ तर किन छ ?
सरकार त छ, तर कहाँ छ ?
सरकार त छ नि हजुर छ, तर के गर्छ ?
गर्न चाहिँ सबै गर्छ,
छलफल गर्छ, सहमति गर्नका लागि
फेरि सहमति भयो भन्छ,
सम्वृद्धिको नारा, जताततै छाडा पार्छ,
मिटिङ भन्छ, भत्ता खान्छ जनता मार्छ,
अनि त्यही लाशमाथि टेकेर
जनताका सपनाहरूको हत्या गर्छ ।
भत्ता सत्ता टिकाउन सबैलाई
आऊ आऊ आव्हान छ फेरि आऊ ।
घिचौँ घिचौँ, डकारौँ, मिलेर मिलाई मिलाई खाऊ
जसरी हुन्छ
देश चाहिँ कंगाल बनाऊ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































