साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोगाउनै गारो भो

राम्रो काम गर्नेहरू धमाधम जेल जान्छन् नराम्रो काम गर्ने असती जोगाउनै गारो भो ।

Nepal Telecom ad

मरुभूमि नारायण :

मान्छेलाई आफ्नै मती जोगाउनै गारो भो ।
बुढेस कालको पिरती जोगाउनै गारो भो ।

एउटा न यौटाले गिद्धे आँखा लगाकै हुन्छ
लोग्नेलाई राम्री श्रीमती जोगाउनै गारो भो ।

माथि हेरे तल खुस्किन्छ तल हेरे माथि
विचरा बाजेलाई धोती जोगाउनै गारो भो ।

आफ्नो लोग्नेलाई अर्कैले पो दावी गर्छ
महिलालाई पनि पति जोगाउनै गारो भो ।

नभन्नु थियो जोशमा साथीलाई भनी हालें
आखिरमा त्यै ओखती जोगाउनै गारो भो ।

राम्रो काम गर्नेहरू धमाधम जेल जान्छन्
नराम्रो काम गर्ने असती जोगाउनै गारो भो ।

०००
तनहुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x