
जोगाउनै गारो भो
राम्रो काम गर्नेहरू धमाधम जेल जान्छन् नराम्रो काम गर्ने असती जोगाउनै गारो भो ।

मरुभूमि नारायण :
मान्छेलाई आफ्नै मती जोगाउनै गारो भो ।
बुढेस कालको पिरती जोगाउनै गारो भो ।
एउटा न यौटाले गिद्धे आँखा लगाकै हुन्छ
लोग्नेलाई राम्री श्रीमती जोगाउनै गारो भो ।
माथि हेरे तल खुस्किन्छ तल हेरे माथि
विचरा बाजेलाई धोती जोगाउनै गारो भो ।
आफ्नो लोग्नेलाई अर्कैले पो दावी गर्छ
महिलालाई पनि पति जोगाउनै गारो भो ।
नभन्नु थियो जोशमा साथीलाई भनी हालें
आखिरमा त्यै ओखती जोगाउनै गारो भो ।
राम्रो काम गर्नेहरू धमाधम जेल जान्छन्
नराम्रो काम गर्ने असती जोगाउनै गारो भो ।
०००
तनहुँ ।
Subscribe
Login
0 Comments
Oldest