साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए ! यज्ञ कैसे चलेगा ?

माहात्म्य, यसरी बिना यज्ञ महाराजको जय जय कार भएकोले एकजना बुढा पंडितलाई मन परेनछ भनी हालेछन्— ‘अर्थ न बर्थ गोविन्द गाई, विवाह नै नगरि नक्कली छोरो पाई।’ स्याबास ! नक्कली सब कि हाई ! हाई !।”

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

हामीहरू कहाँ यज्ञ यज्ञादि गर्ने कार्य नौलो हैन। हामी कहँ बारम्बार यज्ञ भैराख्दथ्यो। कैले चतुर्मास पुराण, कहिले नवाह महायज्ञ सदावर्त लघुसमेत, (भगवतीलाई प्रधान मानिएको) कैले सप्ताह महायज्ञ,सदावर्त लघुसहित, कहिले सत चण्डि, कहिले सत रूद्री, कैले ग्रहण दान, कहिले तुलादान, कहिले ग्रहणमा लुट छोड्ने, कहिले सकल पित्री मोक्ष घाट यज्ञ । यस्तै कतै हरिवंश (सन्तानको खातिर) कतै गजेन्द्रमोक्ष पित्रीमोक्षका लागि। कतै एकाहा।

यसरी यज्ञ हामी हाम्रो समुदाय र परिवारमा मात्र हैन सबैतिर गर्ने गर्थे अहिले तेति देखिदैन। अहिले बरू सामाजिक पुराण बढि हुन्छ जस्मा श्रीमद्भागवत महापुराण सप्ताह लगाईन्छ सामाजिक संघसंस्थाका स्थापना र विकासका लागि ।

प्राचीन कालदेखिनै शासक बलियो बनि राजा महाराजा कहलाउन राज्य शक्ति प्रवल बनाईराख्न आफू चक्रवर्ती सम्राट हुँ भन्ने भनाउन र निम्नस्तरका राजा रजौटालाई तह लाउन अश्यवमेध यज्ञ गर्ने गर्थे। रामले गरे युधिष्ठिरले पनि गरे अरूले पनि गरे।

तेस्तै एउटा महायज्ञको आयोजना गरेछन् एकजना चतुर शासकले आफ्ना कमि कमजोरी लुकाउन र वाहिवाही पाउन अनि ऐतिहासिक बनि सबैलाई बशिभुत गर्न र शक्तिशाली महासामन्त राजा कहलाउनका लागि।

यज्ञको पुरा तयारी भै सक्यो यज्ञ संचालन गर्ने आचार्य आधादिन ढलिसक्यो आउलान् यज्ञ थाल्लान् भन्दा भन्दै आएनन् । सारा पंडितहरू आमन्त्रित यज्ञसँग सम्बन्धितहरू जम्मा भैसके ल्याउने दिने सामग्रीहरू राजालाई नजर गराएर यज्ञको लागि दिइसके। तब उपबाचकीले राजालाई सोधे —
‘महाराज ! ए यज्ञ कैसे चलेगा ?’
जैसी चलेगा तैसी चलेगा।’
‘महाराज ! ए यज्ञ कौन चलायेगा ?
‘जौन चलाएगा चलाएगा।’
‘महाराज ! ए यज्ञ कवतक चलेगा ?
‘जब तक चलेगा, तब तक चलेगा।
‘महाराज ! ए यज्ञका अर्थ है क्या ?
‘क्या क्या हमको भि मालुम नहिथा ।’
‘महाराज ! ए यज्ञका कर्ता कौन है ?
‘जो जौन है व हि मौन है। फिर भि हम कौन है ?

एकिनसाथ बोलिए सभी भक्त जनों !
महाराजकि जय ! महाराजकि जय !
महाराजकि जय !

माहात्म्य, यसरी बिना यज्ञ महाराजको जय जय कार भएकोले एकजना बुढा पंडितलाई मन परेनछ भनी हालेछन्—
‘अर्थ न बर्थ गोविन्द गाई, विवाह नै नगरि नक्कली छोरो पाई।’ स्याबास ! नक्कली सब कि हाई ! हाई !।”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x