मरुभूमि नारायणशिक्षकहरूले …
देख्दैन नयन सुन्दैन कान सरकारले उज्यालो छर्ने अँधेरोमा रमाइ रहेछन् ।

मरूभूमि नारायण :
शिक्षकहरूले सडक तताइ रहेछन् ।
नाचेर उफ्रिएर तलब पकाइ रहेछन् ।
अरुको होइन आफ्नो चिन्ता बोकेर
माझो सडकमा डेरा जमाइ रहेछन् ।
टिकटक बनाउने नाच्ने अनि उफ्रिने
दुनियाको ध्यान त्यतै घुमाइ रहेछन् ।
कतिलाई यो मागी खाने भाँडो भयो
कतिले यसैबाट पैसा कमाइ रहेछन् ।
ताक्दै ताक्दै नामर्द सरकारको मुख
अमूल्य समय मजाले गुमाइ रहेछन् ।
लिनु पर्ने किताब कापी कलम हो नि
कठै शिक्षकहरू लाठो समाइ रहेछन् ।
देख्दैन नयन सुन्दैन कान सरकारले
उज्यालो छर्ने अँधेरोमा रमाइ रहेछन् ।
०००
तनहुँ






































Marbhumi Narayan sir le lekhnu vayako sabda yakdamai Sahi xa
धेरै धन्यवाद हजुरलाई । अरु पनि कस्तो लाग्छ भन्नु होला ।