साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

वृद्धा प्रौढा नतुन वयका जोसुकै हुन् तथापि आमा नै हुन् हृदयबिचकी साधनाकी उपासी सिर्जिन्छिन् यी सय सय गुना पूर्णताका प्रकाश आमाभित्रै भुवनभरिको सृष्टिको हुन्छ बास ।।

Nepal Telecom ad

कविराज घिमिरे :

आमा हाम्री अमृत फल हुन् जिन्दगी स्वर्णहार
पार्छिन् नाना तरहसँगले दीप्त हाम्रो मुहार
छैनन् कुण्ठा फजित दिलमा प्रेम बाँडेर खात
आमाजस्तै विनय सुषमा उर्लिउन् पात पात ।। १

पुग्दा हामी हिमगिरि उता टुङ्गिने गर्छ यात्रा
आमा जान्छिन् अझ उपरमा गर्न हाम्रो सुरक्षा
जान्छौँ तीर्थाटन सकलले धर्म आओस् भनेर
आमाभन्दा नजिक रहने देवता को छ हेर ? २

वास्ता गर्छिन् चकचक गरे बिग्रने छैन कोही
माया दिन्छिन् असहज हुँदा व्यर्थमा रुन्न कोही
छोराछोरी सबलपनका पार्दछिन् साथ लागी
आमा हुन् यी असलपनकी कामदा प्रेम-दायी ।। ३

आँधीबेरी पनि नरमझैँ मान्दछिन् जुध्न सक्छिन्
कालामैला कहर ननिका वेदना तुर्न सक्छिन्
आमाको नै विगत छ ठुलो दैनिकीको व्यवस्था
आमा ! भन्दा गगन धरती बन्दछन् दीनजस्ता ।। ४

वृद्धा प्रौढा नतुन वयका जोसुकै हुन् तथापि
आमा नै हुन् हृदयबिचकी साधनाकी उपासी
सिर्जिन्छिन् यी सय सय गुना पूर्णताका प्रकाश
आमाभित्रै भुवनभरिको सृष्टिको हुन्छ बास ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x