साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पालो हराएर हो कि !

कोही भने झर्छ अनि खाउँला भन्दै पछि लाग्थे किन चुप्प होलान् काँधको डालो हराएर हो कि

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

बज्न छोड्यो घण्टी अचेल रालो हराएर हो कि
गाउँ पस्ने भन्छन् नाकको कालो हराएर हो कि

दुनियाको मुख थुन्न कोही स्वयं झोले बन्छन्
किन स्विकारोक्ति आयो सालो हराएर हो कि

कोही लर्बरिँदा भन्छन् हामी जान्छौँ फेरि वन
रानीवनमा तिनका सुनको बालो हराएर हो कि

गन्हाउनेलाई बाघेझापु दिने सिंह छैनन् अचेल
चड्कन सुनिदैन कतै गालो हराएर हो कि

कोही चिहान खोतलेर प्राण भर्ने कुरा गर्छन्
नाङ्गो भए सबै किन टालो हराएर हो कि

कोही भने झर्छ अनि खाउँला भन्दै पछि लाग्थे
किन चुप्प होलान् काँधको डालो हराएर हो कि

आन्दोलन, भ्रष्टाचार र बेथितिमै जीवन बित्यो
यो शताब्दी उन्नतिको पालो हराएर हो कि !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x