परशुराम पराजुलीवृद्धभत्ता
पुरानो नेपाली कागजको नागरिकताको २०१६ को एक माउले खाएर प्वाल बनेको देखाउँदै 'तपाईको ६ साल नै हो, चुप्प लागेर जानुस्, बरु आउने सालदेखि वृद्धभत्ता खानुहोला बधाई छ' भन्दै पठाए ।

परशुराम पराशर :
“दाजुभाइ भनेको ‘खै कहाँको’ पिलो भनेको हो रहेछ ।” कान्छा फुपाजुले खुइय्य गर्दै मनको कुरा खोल्ने भए ।
“हैन ए फुपाजु, तपाईंलाई कसले के भन्यो र यसरी ससुरालीमा आएर व्यथा ओकल्नुहुन्छ ?” मैले जिज्ञासा राखें ।
“त्यो मेरो दाजु छ नि ।”
मैले बिचैमा भनें- “को ? ठुला फुपाजु ?”
“हो, त्यही भुँडे । त्यसको त मगजमा पनि भुँडीमा भएकै आची भरिएको रहेछ । मैले कत्ति न उसैको पैसा खाएको जस्तै । देश कसरी उँभो लाग्छ त यसो गर्यो भने भन्दै उफ्रन्छ बा । दुनियाँले घुस, कमिसन भनेर देशको भण्डार रित्याउँदा केही नहुने मैले जाबो त्यत्ति गर्दा के के न हुने । मैले के जानी जानी त्यसो गरेको हुँ र ? हामी अस्ति काठमाडौँ घुमेर आउँदा यहाँ त आगो बालिसकेछ । मैले ऊभन्दा छ वर्ष अगाडि वृद्धभत्ता खाएँ अरे ।”
“कसरी त्यस्तो भयो त, फुपाजु ? मैले जान्न चाहँ । “मेरो नागरिकतामा २०१६ साल असार २१ गतेको जन्म थियो । माउले खाइदिएकाले नक्कल लिनुपर्यो भनेर जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन दिएँ । सक्कल नागरिकता पनि मागे । २००६ सालको बनाइदिएछन् ।
बाहिर निस्केर हेर्दा गल्ती पाइयो भनेर फर्केर सोध्न जाँदा पुरानो नेपाली कागजको नागरिकताको २०१६ को एक माउले खाएर प्वाल बनेको देखाउँदै ‘तपाईको ६ साल नै हो, चुप्प लागेर जानुस्, बरु आउने सालदेखि वृद्धभत्ता खानुहोला बधाई छ’ भन्दै पठाए । त्यो मेरो गल्ती हो त ?”
“ल, बधाई छ फुपाजु । तपाईले दस वर्ष अगाडि नै वृद्ध भत्ता खान पाउनुभएकोमा ! माउले खाएर राम्रो काम गरेछ । अब फुपूको नागरिकता पनि माउले खाने ठाउँमा राख्नुस् है ।”
०००
सावधान ! (२०८१)
Subscribe
Login
0 Comments
Oldest









































