साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धभत्ता

पुरानो नेपाली कागजको नागरिकताको २०१६ को एक माउले खाएर प्वाल बनेको देखाउँदै 'तपाईको ६ साल नै हो, चुप्प लागेर जानुस्, बरु आउने सालदेखि वृद्धभत्ता खानुहोला बधाई छ' भन्दै पठाए ।

Nepal Telecom ad

परशुराम पराशर :

“दाजुभाइ भनेको ‘खै कहाँको’ पिलो भनेको हो रहेछ ।” कान्छा फुपाजुले खुइय्य गर्दै मनको कुरा खोल्ने भए ।

“हैन ए फुपाजु, तपाईंलाई कसले के भन्यो र यसरी ससुरालीमा आएर व्यथा ओकल्नुहुन्छ ?” मैले जिज्ञासा राखें ।

“त्यो मेरो दाजु छ नि ।”

मैले बिचैमा भनें- “को ? ठुला फुपाजु ?”

“हो, त्यही भुँडे । त्यसको त मगजमा पनि भुँडीमा भएकै आची भरिएको रहेछ । मैले कत्ति न उसैको पैसा खाएको जस्तै । देश कसरी उँभो लाग्छ त यसो गर्यो भने भन्दै उफ्रन्छ बा । दुनियाँले घुस, कमिसन भनेर देशको भण्डार रित्याउँदा केही नहुने मैले जाबो त्यत्ति गर्दा के के न हुने । मैले के जानी जानी त्यसो गरेको हुँ र ? हामी अस्ति काठमाडौँ घुमेर आउँदा यहाँ त आगो बालिसकेछ । मैले ऊभन्दा छ वर्ष अगाडि वृद्धभत्ता खाएँ अरे ।”

“कसरी त्यस्तो भयो त, फुपाजु ? मैले जान्न चाहँ । “मेरो नागरिकतामा २०१६ साल असार २१ गतेको जन्म थियो । माउले खाइदिएकाले नक्कल लिनुपर्यो भनेर जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन दिएँ । सक्कल नागरिकता पनि मागे । २००६ सालको बनाइदिएछन् ।

बाहिर निस्केर हेर्दा गल्ती पाइयो भनेर फर्केर सोध्न जाँदा पुरानो नेपाली कागजको नागरिकताको २०१६ को एक माउले खाएर प्वाल बनेको देखाउँदै ‘तपाईको ६ साल नै हो, चुप्प लागेर जानुस्, बरु आउने सालदेखि वृद्धभत्ता खानुहोला बधाई छ’ भन्दै पठाए । त्यो मेरो गल्ती हो त ?”

“ल, बधाई छ फुपाजु । तपाईले दस वर्ष अगाडि नै वृद्ध भत्ता खान पाउनुभएकोमा ! माउले खाएर राम्रो काम गरेछ । अब फुपूको नागरिकता पनि माउले खाने ठाउँमा राख्नुस् है ।”

०००
सावधान ! (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
कालो कपाल

कालो कपाल

परशुराम पराजुली
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x