साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के चाहिन्छ ?

फाटेको मन पो सिइन्छ सियोले छाला सिउन पो सियो चाहिन्छ । साउनमा दुइटै आँखा फुटेपछि आँखामा चश्मा हरियो चाहिन्छ ।

Nepal Telecom ad

मरुभूमि नारायण :

यो देशमा एउटा मियो चाहिन्छ
भाँचिने होइन बलियो चाहिन्छ ।

शिक्षाले ज्योति दिन्छ भने पनि
अध्यारो हटाउन दियो चाहिन्छ ।

एक हातले ताली कहाँ बज्छ र
नाम्लोलाइ पनि बरियो चाहिन्छ ।

कागले फल खाँदैमा बेर्ना उम्रन्न
विरुवा उम्रिन नि बियो चाहिन्छ ।

अरुले त्यति मन पराउँदैनन् बरु
बाहुनलाई बढी गुलियो चाहिन्छ ।

फाटेको मन पो सिइन्छ सियोले
छाला सिउन पो सियो चाहिन्छ ।

साउनमा दुइटै आँखा फुटेपछि
आँखामा चश्मा हरियो चाहिन्छ ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x