साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध व्यक्तिमा देखिने मानसिक र व्यावहारिक असन्तुलन 

विशेष गरी वृद्ध व्यक्तिहरूमा देखिने मानसिक अवस्था हो, जहाँ उनीहरू आफूले कुनै बेला लड्ने वा दुर्घटना हुने डरले हिँडडुल, सन्तुलन, वा दैनिक कामहरूमा सतर्क रहन्छन् र डराउँछन् ।

Nepal Telecom ad

जीवनाथ अधिकारी :

भूमिका
वैश्विक रूपमा वृद्ध जनसङ्ख्या तीव्र गतिमा वृद्धि हुँदै छ । ६० वर्षमाथिका वृद्धहरूको सङ्ख्या वृद्धि भएको परिणामस्वरूप उनीहरूमा मानसिक तथा व्यावहारिक असन्तुलनका समस्या थप गम्भीर बन्दै छन् । मानसिक असन्तुलनअन्तर्गत प्रमुख रूपमा डिप्रेसन, चिन्ता, मनोवैज्ञानिक थकान (mental fatigue), भय–आतङ्क, र संज्ञानात्मक गिरावट पर्दछन् । व्यावहारिक वा प्रायोगिक असन्तुलनअन्तर्गत कार्यात्मक परनिर्भरता, सन्तुलन–समन्वय क्षमता (balance, coordination), हिँडडुल, दैनिक कार्य गर्ने क्षमता रहेका छन् । यी दुवै पक्ष सम्बन्धित हुनाले वृद्धका जीवनस्तर, सामाजिक सहभागिता तथा स्वास्थ्यसेवामा भार बढाउन सक्छन्।
मानसिक असन्तुलनका प्रमुख पक्षहरू

१. उदासी/मानसिक चिन्ता (Depression)
वृद्धहरूमा डिप्रेसन उच्च रूपमा रहेको पाइन्छ र यसले दैनिक गतिविधिमा असन्तुलन निम्त्याउन सक्छ  । एक विश्लेषणअनुसार डिप्रेसनले वृद्धहरूमा कार्यात्मक निर्भरता (Functional Dependence) ७६% ले बढाउँछ । कार्यात्मक निर्भरता (Functional Dependence) भन्नाले कुनै व्यक्तिले आफ्नो दैनिक जीवनका आधारभूत क्रियाकलापहरू— जस्तै खाना खाने, नुहाउने, लुगा फेर्ने, हिँडडुल गर्ने आदि कार्य स्वतन्त्र रूपमा गर्न नसक्ने अवस्था बुझिन्छ। यस्तो अवस्थामा उनीहरूलाई ती कार्य गर्न अरूको सहयोग चाहिन्छ। वृद्ध व्यक्तिमा यो निर्भरता शारीरिक कमजोरी, संज्ञानात्मक गिरावट वा मानसिक असन्तुलनका कारण देखिन्छ। यसले जीवनस्तरमा कमी ल्याउँछ र स्वास्थ्यसेवाको आवश्यकतालाई बढाउँछ। यसको अर्थ हुन्छ — An individual’s need for assistance from others to perform basic or instrumental activities of daily living (ADLs or IADLs), such as eating, bathing, dressing, toileting, or managing finances.
दैनिक कार्यहरू गर्न अक्षम हुनुले डिप्रेसन निम्त्याउन सक्छ भने डिप्रेसनले थप निर्भरता निम्त्याउने द्विपक्षीय सम्बन्धको रहेको हुन्छ ।

२. संज्ञानात्मक गिरावट र भय–आतङ्क (Cognitive Decline & Fear of Falling–कार्य गर्न डर)
संज्ञानात्मक गिरावट वृद्धमा सन्तुलनको कमजोरीसँग सम्बन्धित हुन्छ । व्यक्तिको सोच्ने, सम्झने, ध्यान दिने, निर्णय गर्ने, भाषा बुझ्ने आदि मानसिक क्षमतामा क्रमशः ह्रास हुँदै आउँछ । यो स्थिति वृद्धावस्थामा सामान्य रूपमा देखिन सक्छ तर गम्भीर भएमा डिमेन्सिया (Dementia– संज्ञानात्मक विचलन वा स्मृतिह्रास रोग) वा अल्जाइमरजस्ता रोगसँग सम्बन्धित हुन सक्छ । भय–आतङ्कले सक्रियता घटाउँछ र सन्तुलनमा बाधा पुर्या ई हानिकारक परिस्थिति सिर्जना गर्छ । यो विशेष गरी वृद्ध व्यक्तिहरूमा देखिने मानसिक अवस्था हो, जहाँ उनीहरू आफूले कुनै बेला लड्ने वा दुर्घटना हुने डरले हिँडडुल, सन्तुलन, वा दैनिक कामहरूमा सतर्क रहन्छन् र डराउँछन् । यसले उनीहरूको गतिशीलता र आत्मविश्वासमा कमी ल्याउँछ र सामाजिक जीवनमा असर पार्न सक्छ।

३. मानसिक थकान (Mental Fatigue)
मानसिक थकानले संज्ञानात्मक स्रोत घटाउँछ र वृद्धमा स्थिर सन्तुलन कमजोर गर्छ । मानसिक थकान (Mental Fatigue) भन्नाले लामो समय मानसिक रूपमा तनावपूर्ण वा एकनासको कार्य गरेपछि देखिने मानसिक थकावट, ध्यान केन्द्रित गर्न नसक्ने, चाँडै थाक्ने, निर्णय लिन गाह्रो हुने अवस्था हो। यसले ध्यान, स्मृति र कार्यक्षमतामा नकारात्मक असर पार्छ। वृद्ध व्यक्तिमा यो अवस्था संज्ञानात्मक गिरावट र सन्तुलन समस्यासँग पनि सम्बन्धित हुन्छ। लगातार मानसिक थकानले डिप्रेसन वा सामाजिक दूरता निम्त्याउन सक्छ।

४. सामाजिक एक्लोपन (Social Isolation) र एकाकीपन (Loneliness)
सामाजिक एक्लोपन (Social Isolation) भन्नाले कुनै व्यक्तिको सामाजिक सम्पर्कहरू अत्यन्त सीमित हुनु वा सामाजिक जीवनबाट पूर्ण रूपमा अलग हुनु भन्ने जनाउँछ। यस्तो अवस्थामा व्यक्ति परिवार, साथीभाइ वा समुदायसँग नियमित सम्पर्कमा रहँदैन। वृद्ध व्यक्तिमा सामाजिक एक्लोपनले डिप्रेसन, संज्ञानात्मक गिरावट, र शारीरिक स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छ। दीर्घकालीन सामाजिक एक्लोपनले मृत्युको जोखिमसमेत बढाउने अनुसन्धानहरूले देखाएका छन्।
एकाकीपन (Loneliness) भन्नाले व्यक्ति मानिसहरूको बिचमा भए पनि आफैँलाई सहयोगहीन, अवाञ्छित वा भावनात्मक रूपमा एक्लो महसुस गर्नु हो। यो आत्मिक वा भावनात्मक दूरताको भावना हो, जसले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ। वृद्ध व्यक्तिमा एकाकीपनले डिप्रेसन, चिन्ता, तथा स्मृतिसम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। सामाजिक सम्पर्क घट्नु र भावना बाँड्ने अवसर नहुनु एकाकीपनको मुख्य कारण हुन्।
व्यावहारिक (Functional) असन्तुलन

१. ADL र IADL का समस्याहरू
ADLको पूरा रूप Activities of Daily Living) र IADL को पूरा रूप Instrumental Activities of Daily Living हो । यी दुई रूप वृद्धहरूको कार्यक्षमता मूल्याङ्कन गर्न प्रयोग हुने प्रमुख अवधारणा हुन्।
ADL (दैनिक जीवनका आधारभूत क्रियाकलापहरू) : यसमा व्यक्तिले स्वतन्त्र रूपमा गर्नुपर्ने निम्नलिखित शारीरिक क्रियाहरू पर्दछन् :
नुहाउने (Bathing), लुगा फेर्ने (Dressing), खाना खाने (Eating), शौचालय प्रयोग गर्ने (Toileting), हिँडडुल गर्ने (Mobility) । यी कार्य गर्न स्वयम्ले राम्ररी नसक्दा उनीहरूमा कार्यात्मक परनिर्भरता बढ्दै जान्छ।
IADL (दैनिक जीवनका जटिल क्रियाकलापहरू) : यसमा थप जटिल कार्यहरू पर्दछन्, जसले स्वतन्त्र जीवनशैली कायम राख्न मद्दत गर्छ :
खाना पकाउने (Cooking), किनमेल गर्ने (Shopping), औषधी व्यवस्थापन (Managing medications), बैंक कारोबार गर्न सक्ने वा फोन चलाउने (Handling finances/communication), घर व्यवस्थापन (Housekeeping) आदि।
यी कार्यमा समस्या हुँदा व्यक्ति अझ बढी अरूमा निर्भर बन्न पुग्छ।

२. सन्तुलन–समन्वय र गिर्ने जोखिम
सामान्य प्रक्रियाहरू :
सन्तुलन प्रणाली वा सन्तुलन नियन्त्रण प्रणाली (Vestibular) :
शरीरभित्र, विशेषतः भित्री कान (inner ear) मा हुने एक प्रणाली हो, जसले शरीरको गति, स्थिति, र घुमाइ (rotation) सम्बन्धी जानकारी मस्तिष्कलाई दिन्छ। यसले हामीलाई सन्तुलन मिलाउन, सिधा उभिन, र गन्तव्यअनुसार टाउको वा शरीर घुमाउन सहयोग गर्छ। यस प्रणालीमा गडबडी भएमा चक्कर आउने (vertigo), अस्थिरता, वा सन्तुलन बिग्रिने समस्या देखिन सक्छ। वृद्धावस्थामा vestibular प्रणाली कमजोर हुँदा हिँडडुल गर्न गाह्रो हुन्छ, गिर्ने वा लड्ने जोखिम बढ्छ।

दृष्टि / दृष्टि प्रणाली (Visual) :
Visual प्रणाली हाम्रो आँखाबाट प्राप्त हुने जानकारी हो, जसले वरिपरि हेर्न, आकार–रङ्ग चिन्न, टाढा–नजिक देख्न, र वस्तुको गति बुझ्न मद्दत गर्छ। यो प्रणाली कमजोर हुँदा वृद्धहरूमा धमिलो देखिने, राति नदेखिने, वा दृष्टिमा सन्तुलन बिग्रिने समस्या देखा पर्छ। दृष्टि/दृष्टि प्रणालीले सन्तुलन, हिँडडुल, र दैनिक कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ।

स्पर्श–संवेदन प्रणाली वा शारीरिक संवेदना प्रणाली (Somatosensory) :
शारीरिक संवेदना (Somatosensory) प्रणाली भन्नाले हाम्रो छाला, मांशपेशी, जोर्नी, र हड्डीहरूबाट आउने स्पर्श, दबाब, तापक्रम, पीडा, तथा शरीरको स्थिति (proprioception– स्वशरीर–अनुभूति) सम्बन्धी संवेदनाहरू समेट्ने प्रणाली हो। यो प्रणालीले मस्तिष्कलाई हाम्रो शरीरको कुन भाग कहाँ छ, कस्तो अनुभूति हुँदै छ भन्ने करा बुझाउँछ । वृद्धावस्थामा यो प्रणाली कमजोर हुँदा सन्तुलन गुम्ने, हिँड्दा चिप्लने, वा आफ्नो शरीरको स्थिति ठिकसँग नबुझ्ने समस्या देखा पर्छ ।

संज्ञानात्मक(Cognitive) :
संज्ञानात्मक (Cognitive) भन्नाले सोच्ने, बुझ्ने, सम्झने, निर्णय गर्ने, ध्यान दिने र भाषा प्रयोग गर्ने मानसिक प्रक्रियाहरूलाई जनाउँछ ।
यी क्षमताहरू मस्तिष्कद्वारा सञ्चालित हुन्छन् र दैनिक जीवनका निर्णय, सामाजिक व्यवहार, समस्या समाधान, र जानकारी सम्झनमा अत्यन्त महत्त्वपूर्ण छन् वृद्ध व्यक्तिमा ।

उपर्युक्त प्रणाली कमजोर हुँदा ADL गराउने सन्तुलनमा असर गर्छ । गिर्ने वा लड्ने जोखिम वृद्धहरूका लागि चिन्ताजनक स्वास्थ्य समस्या हो ।

३. कमजोरी–मल्टिफ्रिलिटी (Frailty– र दर्बलता) :
कमजोरी–मल्टिफ्रिलिटी (Frailty) भन्नाले वृद्ध व्यक्तिको शारीरिक, मानसिक र सामाजिक क्षमताहरू क्रमशः घट्तै गएर उत्पन्न हुने एक समग्र अवस्था हो, जसले उनीहरूलाई सामान्य कार्यहरू गर्नसमेत कठिन बनाउँछ। यो अवस्था निम्नलिखित विशेषताबाट चिनिन्छ :
मांशपेशीको शक्ति घट्नु (muscle weakness), थकाइ लागिरहनु, शारीरिक गति धिमा हुनु, तौल घट्नु, दैनिक क्रियाकलापमा परनिर्भरता बढ्नु ।
दुर्बलता (Frailty) भएका वृद्धहरू सानातिना झट्काबाट (जस्तै सामान्य ज्वरो आउँदा वा लड्दा) पनि गम्भीर स्वास्थ्य सङ्कटमा पर्न सक्छन्। यो स्थिति प्रायः बहु–रोग (multimorbidity), बहु–औषधि सेवन (polypharmacy) र संज्ञानात्मक कमजोरीसँग सम्बन्धित हुन्छ। यसले ADL/IADL, सन्तुलन, र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ।
उपर्युक्त समस्याबाट वृद्धवृद्धाहरूलाई छुटकारा दिनका लागि तल दिइएका कार्य गर्न सके कही हदसम्म उनीहरूमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ :

१. संज्ञानात्मक–आचरण मनोचिकित्सा (Cognitive-behavioral interventions) :
डिप्रेसन र भय–आतङ्कमा CBT (Cognitive Behavioral Therapy) ले सुधार ल्याउँछ, जसले सन्तुलन बिग्रने र गिर्ने (लड्ने) जोखिम कम गर्छ । CBT एक प्रकारको मनोचिकित्सकीय विधि हो, जसले मानिसको नकारात्मक सोच, भावना र व्यवहारलाई पहिचान गरेर तिनलाई सकारात्मक रूपान्तरण गर्न मद्दत गर्छ। यसले डिप्रेसन भएका व्यक्तिमा आत्मविश्वास बढाउने, नकारात्मक विचार घटाउने र सक्रिय व्यवहार विकास गर्ने काम गर्छ। भय–आतङ्क भएका व्यक्तिमा यो विधिले डर व्यवस्थापन, स्थिति बुझ्न सहयोग, र सामान्य जीवनमा फर्कनसमेत सहायता पुर्यावउँछ।

२. सन्तुलन अभ्यास (Balance Exercises) र समन्वय Coordination) :
सन्तुलन अभ्यास गर्दा ती व्यायाम कार्यहरूले सन्तुलन क्षमता बढाउँछन् र लड्ने जोखिम घटाउँछन् । सन्तुलन अभ्यास भन्नाले शरीरको उभिने, हिँड्ने, झुक्ने, बस्ने, वा उठ्ने बेलामा सन्तुलन कायम राख्ने क्षमता बढाउन गरिने शारीरिक व्यायामहरू हुन् । यस्ता अभ्यासले वृद्धहरूमा लड्ने जोखिम घटाउने र आत्मनिर्भरता बढाउने काम गर्छ। उदाहरण :
एउटै खुट्टामा उभिन अभ्यास गर्नु, आँखा बन्द गरेर सिधा उभिनु, अगाडि–पछाडि हिँड्ने अभ्यास आदि ।
समन्वय (Coordination) ले शरीरका विभिन्न अङ्ग (जस्तै : आँखाका सङ्केतअनुसार हातको गति, खुट्टाको चालसँग टाउकोको सन्तुलन आदि) बिचको मिलन र तालमेल जनाउँछ। राम्रो समन्वय (coordination) भएमा व्यक्ति सजिलै हिँड्न, काम गर्न, वा प्रतिक्रिया जनाउन सक्छ। समन्वय क्षमतामा कमजोरी आएमा हिँड्दा चिप्लिन सक्छ, कुनै पनि वस्तु समात्न गाह्रो हुन्छ।
यी दुवै अभ्यास वृद्ध व्यक्तिको कार्यात्मक क्षमतामा सुधार ल्याउन अत्यन्त उपयोगी हुन्छन्।

३. सामाजिक समर्थन प्रवर्द्धन :
सामाजिक कार्यक्रम, समूह–सल्लाह, स्मृतिचिन्तन उपचार (Reminiscence therapy) जस्ता माध्यमले सामाजिक एक्लोपन र डिप्रेसन कम गर्छन् ।

४. प्रभावकारी औषधी व्यवस्थापन :
बहुऔषधी सेवन (Polypharmacy) न्यूनीकरण र डिप्रेसन आहारोपचार (डिप्रेशनको आहारोपचार भन्नाले यस्तो स्वस्थ र सन्तुलित आहार अपनाउने अभ्यासलाई जनाउँछ, जसले ओमेगा‑३, बी‑भिटामिन, एन्टीअक्सिडन्ट्स बटुल्ने फलफूल, सागसब्जी, पूर्ण अन्न (Whole grains), प्रोटिनयुक्त भोजन र प्रशोधित तथा अत्यधिक चिनी तथा फास्ट–खानेकुरा सीमित गर्ने गरी मानसिक स्वास्थ्य र मनोभाव सुधारमा सकारात्मक प्रभाव पुर्यामउन सहयोग गर्छ) ले लड्ने समस्यामा कमी ल्याउन सक्छ ।

यस प्रकार बुढापाकाहरूमा देखिने मानसिक र व्यावहारिक असन्तुलनलाई न्यूनीकरण गर्दै उनीहरूको जीवनलाई सुरक्षित र आकर्षक बनाउन सकिन्छ ।

०००
२०८२ असार ३२
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x