साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोकान

Nepal Telecom ad

१.
चुनावको बेला नेता घरघर धाउँछन्
कोरा भाषणका पाल्से गीत गाउँछन्
जनताको मत अपहरण गरेपछि भने
सुनको सिंहासनमा मस्त निदाउँछन् ।

२.
देशको राजनीति कीव वा कोलम्बो यात्रामा छ
चुनावी तालमेल गठजोडको गाईजात्रामा छ
अनि कसरी लम्कन्छ देश प्रगतिको मार्गतिर
जहाँ दूरगामी सोच सत्ताले ओडेको कात्रामा छ ।

३.
पशु थियो या मानिस मर्न त अवश्य मर्यो
शोकको अविश्रान्त आँसु हत्केलामै पर्यो
न्यायालय भित्र इमान बन्दी भएको बेला
सभ्यताको कुरुक्षेत्रमा पापीले जँघार तर्यो ।

४.
यूक्रेन हुर्हुर्ती जलिरहेको छ
क्रुर अहंकार बलिरहेको छ
कारण जेसुकै भएपनि
मानवता भने ढलिरहेको छ ।

५.
मानिसले मात्र किन पशुले पनि बाँच्नुपर्छ
सबैको साझा पृथ्वीमा मिलेर नै नाँच्नुपर्छ
प्रकृतिमाथि नाङ्गो हस्तक्षेप तत्काल रोकेर
पछिल्ला सन्ततिको लागि पनि साँच्नुपर्छ ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x