भक्ति घिमिरे
बाख्राले खायो पुरुनीको लहरा गोठालो जिल्ल ।१।
बढ्यो सन्त्रास छोपिए जूनतारा अँध्यारो त्रास ।२।
बिर्सियौ भने समाएको हात यात्रा अन्योल ।३।
चर्कियो मन जुँघा कसका लामा स्वार्थी प्रवृत्ति ।४।
धमिलो पानी किन मार्छौ मछली खोटो नियत ।५।
भोजपुर, हाल भोजपुर
Fitkauli