साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावका चार ठोक्तक

भूत, वर्तमान र भविष्य कुनै केही जानेकै छैन कठै ! गोमनसँग नाता गाँस्न मनपर्छ उहाँलाई ।

Nepal Telecom ad

१.
भाइ वंश अनि कुल गोत्र फुट्नु के नौलो हो र
आमा विरुद्ध नै ललकारेर उठ्नु के नौलो हो र
हुन मिल्ने कुरा भन्दा नमिल्ने त बढी हुन्छ नि
राजनीतिमा कुकुर बिरालो जुट्नु के नौलो हो र !

२.
अनावश्यक विषयको मनन, चिन्तन गरिँदैन
बुझेर पनि बुझपचाउनेलाई निर्देशन गरिँदैन
अफवाह फैलाएर विश्वास दिन नखोज्नुस्
बोली, विचार तुहिएकोलाई समर्थन गरिँदैन ।

३.
धीरता देखिँदैन कठै ! साधना छैन उहाँमा
समावेशी खन्याउने सपना छैन उहाँमा
ओहदामा पुग्नु भएको त भोट किनेर हो
खासमा देश प्रतिको भावना छैन उहाँमा ।

४.
आदर्शका पर्चा पम्प्लेट टाँस्न मनपर्छ उहाँलाई
अर्काको रोदनमा पनि हाँस्न मनपर्छ उहाँलाई
भूत, वर्तमान र भविष्य कुनै केही जानेकै छैन
कठै ! गोमनसँग नाता गाँस्न मनपर्छ उहाँलाई ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x