साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

बोल्न जान्नेहरू पनि जबर्जस्ती चुप छन् अगुवा, शक्तिवाला, बुज्रुक हस्ती चुप छन् बाँदरको हातमा नरिवल जस्तै भयो देश कठै गाउँ, टोल, सहर सबै बस्ती चुप छन् ।

Nepal Telecom ad

रेहित सैजू

१.
नानाभाँती अर्थ लगाई सराप्दा पनि चुप थिएँ
मलाई गिराइ मेरो हैसियत नाप्दा पनि चुप थिएँ
मौनतालाई कमजोर ठानेर मेरै पुत्लो बनाएछ
मेरा आँखाहरूमा हिलो छ्याप्दा पनि चुप थिएँ ।

२.
भत्काउने अनि बिगार्नेकै बिगबिगी चलेको छ
सधैं अरुको सेखी झार्नेकै बिगबिगी चलेको छ
औडाहा मान्नु पर्दैन यार यहाँको चलन यस्तै हो
यहाँ त परिबन्दमा पार्नेकै बिगबिगी चलेको छ ।

३.
बोल्न जान्नेहरू पनि जबर्जस्ती चुप छन्
अगुवा, शक्तिवाला, बुज्रुक हस्ती चुप छन्
बाँदरको हातमा नरिवल जस्तै भयो देश
कठै गाउँ, टोल, सहर सबै बस्ती चुप छन् ।

४.
कम्युनिष्टको मन्त्र सिद्धान्त घोक्नेहरू कहाँ गए ?
हिजो खल्तीमा नेपाल देश बोक्नेहरू कहाँ गए ?
न शान्ति कान्ति छायो, न विकासले मोड लियो
आफ्नै दाजुभाइलाई गोली ठोक्नेहरू कहाँ गए ?

५.
बिना यो तपस्याले परिपक्व विचार मिल्दैन
अपरिपक्व निर्णयले कुनै व्यवहार मिल्दैन
अवस्थालाई बुझेर सही निर्णय  गर्नु ए साथी
पातले मात्र रुखलाई उभिने आधार मिल्दैन ।

०००
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x