साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तकका चार दनक

आएर थोकमा मान्छे मार्नुस कत्ति फरक पर्दैन अपराधी चोख्याउन पारङ्गत यो सरकार छँदैछ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
खोरै खोर छन् जताततै कुन खोरलाई राम्रो भन्नू र खै
सडाएकै छ गन्हाएकै छ कुन कोरलाई राम्रो भन्नू र खै
उल्टी आउँछ सुन्दा पनि राजनीतिका कुरा गर्दै नगर्नुस्
चोरै चोरका सरदारहरूमा कुन चोरलाई राम्रो भन्नू र खै ?

२.
खानै जन्मेको खन्चुवाले के के खाएर आउने हो
पुतलीलाई घुमाई फिराई कुमालकोटी बनाउने हो
जति गए दर्शन भेटमा नजराना ठुलै चढाएर आए
नवदासले प्रभुका पाउमा लगेर के के चढाउने हो ।

३.
सिद्धान्त सकियो निष्ठा, नैतिकता र नीति सकियो
पहिचान सकियो संस्कार सँस्कृति र रीति सकियो
कुखुरा मार्नेलाई हतकडी मान्छे मार्नेको कैद माफी
यस्तै नै हो भने गणतन्त्र यसको पनि मिति सकियो ।

४.
मनपरी निणर्य गर्न बहुमतको औजार छँदैछ
प्रभुहरूको शिक्षादीक्षा अशीर्वाद अपार छँदैछ
आएर थोकमा मान्छे मार्नुस कत्ति फरक पर्दैन
अपराधी चोख्याउन पारङ्गत यो सरकार छँदैछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x