साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

धेरैले सोधे सरकारले गल्ती गर्दा राजीनामा दिन्छ कि दिँदैन खेतालाको नैतिकता काम गर्नु ज्याला लिनुसम्म हुन्छ साथी ।

Nepal Telecom ad

रामकुमार पण्डित :

१.
युवाहरू विदेशिएर उतै पसिना बगाए, राम्रै कमाए
परिवारको यादलाई छातीमा गाँठो पारेर काम चलाए
रोजगारीको अमृत बाँड्छु भन्नेले मन्द विष पो ख्वाउँदै छ कि
सरकारले तिहारमा लामो बिदा दियो, नानीहरू रमाए ।

२.
कानको नैतिकता भए नसुनेको सत्यलाई समेत सुन्छ साथी
कुलोको नैतिकता हुँदा पानीले गह्राको आलीसम्म छुन्छ साथी
धेरैले सोधे सरकारले गल्ती गर्दा राजीनामा दिन्छ कि दिँदैन
खेतालाको नैतिकता काम गर्नु ज्याला लिनुसम्म हुन्छ साथी ।

३.
दिउँसो क्रिक्रेटको जितले सबैको मुहारमा हाँसो छायो
रातमा भूकम्पको नृत्यले मान्छे मार्‍यो आँखामा आँसु ल्यायो
सुखदुःख सिक्काको दुई पाटाजस्तै छिनछिनमै पल्टिन्छ
यहाँ छिनमै पानीले जीवन दियो छिनमै बस्ती डुबाएर खायो ।

०००
का.म.पा.- ६ बौद्ध सिमलटार ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
सत्ता कब्जा गर्ने उपाय

सत्ता कब्जा गर्ने उपाय

रामकुमार पण्डित क्षेत्री
गाईजात्रा

गाईजात्रा

रामकुमार पण्डित क्षेत्री
ईज्जत सबै फाल्छन्

ईज्जत सबै फाल्छन्

रामकुमार पण्डित क्षेत्री
होलीका दहन

होलीका दहन

रामकुमार पण्डित क्षेत्री
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x