साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तकहरु

बुद्धिले मात्र हुँदैन मानिसको विवेक हुनुपर्छ सेवा, श्रम गर्नेलाई उचित निमेक हुनुपर्छ चढाईको अर्थ छैन,कुठाउँ पलाएका ऐंजेरुको, पसिनाको इज्जत, इमानको अभिषेक हुनुपर्छ ।

Nepal Telecom ad

कुमार खड्का :

रगतको होली खेल्नेले लाभ हानिको कुरा गर्छ
मानवता हराएपछि आत्मग्लानिको कुरा गर्छ
राष्ट्रका धरोहरभन्दा तिनका पार्टी पसल ठूलो ?
इज्जत, आमोद बिक्रि गर्दै ऊ जवानीको कुरा गर्छ ।१

राम्रो, नराम्रो हेर्दैन आफ्नो,अर्को मात्र हेर्छ ऊ
मुठ्ठी खोल्न पनि गाउँको कि घरको मात्र हेर्छ ऊ
दिमागी रोग लागिसक्यो पक्ष विपक्षको तानाले,
तथ्य र तर्क हेर्दैन, भीडको लर्को मात्र हेर्छ ऊ ।२

मूल्यवान कुरा पनि जलेपछि मूल्यहीन हुन्छन्
फुकुवा हुँदा बन्देजबाट बेकामे स्वाधीन हुन्छन्
उन्मुक्त पसिनाको साँचो प्रतिफलमा केही हुँदा,
लुट,खसोटको थुप्रोमा अश्लीलता, घीन हुन्छन् ।३

हर मरिसकेको छ उस्को मुख अझै मरेको छैन
पहिचान भयो, ऊ चोर हो, पछि अझै परेको छैन
कराउँदैछ ट्यार् ट्यार्, वर्षादको खस्रे भ्यागुतोझैँ,
हीन भैसकेको छ ऊ, कुहेर अझै झरेको छैन ।४

बुद्धिले मात्र हुँदैन मानिसको विवेक हुनुपर्छ
सेवा, श्रम गर्नेलाई उचित निमेक हुनुपर्छ
चढाईको अर्थ छैन,कुठाउँ पलाएका ऐंजेरुको,
पसिनाको इज्जत, इमानको अभिषेक हुनुपर्छ ।५

०००
आलापोट, काठमाण्डौं ।
२०८२/०६/०२-०३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x