सुलसुलेघुम्ती कविगोष्ठी नेपालको ११२ औँ शृङ्खला
घुम्ती कविगोष्ठी नेपालको ११२ औँ शृङ्खला वरिष्ठ साहित्यकार विजय चालिसेको आयोजनामा रमेश विकल साहित्य प्रतिष्ठानको हल, आरूबारीमा सम्पन्न भयो ।

काठमाडौँ, २०७८ चैत १२ गते शनिबार । घुम्ती कविगोष्ठी नेपालको ११२ औँ शृङ्खला वरिष्ठ साहित्यकार विजय चालिसेको आयोजनामा रमेश विकल साहित्य प्रतिष्ठानको हल, आरूबारीमा सम्पन्न भयो । ५४ जनाको उपस्थितिमा ३३ जनाले रचना वाचन गर्नुभएको थियो । घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार एवम् वरिष्ठ साहित्यकार बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ हास्यव्यङ्ग्यकार श्री मुकुन्द आचार्य, विशिष्ट अतिथि अन्तर्राष्ट्रिय तबलावादक अच्युतराम भण्डारी र अन्य अतिथिहरुमा वरिष्ठ साहित्यकारहरू तेजप्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, कणाद महर्षि, युवराज मैनाली, डा. विदुर चालिसे, ईश्वरीप्रसाद लामिछाने, विनोद दहाल वत्स, विमल अर्याल, गङ्गा भेटवाल र नारायण नेपाल रहनुभएको थियो ।
विशिष्ट अतिथि अच्युतराम भण्डारीले हारमोनियम र तबलाका साथमा दुइटा भजन र एउटा गीत गाउनुभएको थियो । अतिथि लगायत सुशील आचार्य, पवन सङ्ग्रौला, डोरबहादुर केसी, सुमन पुडासैनी मित्र, अच्युत घिमिरे, घनश्याम प्रसाईं, परशुराम पराशर, नारायण नेपाल, शान्ति रिसाल, युधीर केसी, आलोक चालिसे, कात्यायन, वैरागी जेठा, माधवलाल श्रेष्ठ, अच्युत चालिसे, आयुषा चालिसे, महेन्द्र चालिसे, सीता शर्मा, प्रमोद भण्डारी, रामकुमार पण्डित क्षेत्री, भेषराज सापकोटाले कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।
त्यसैगरी ग्रिन तारा चाइल्ड हेभेनका भाइबहिनीहरू सुजिता मगर, सङ्गीता मगर, बिनिता थापा, लक्ष्मी खड्का, सामेल लिई, निङमा तामाङ, सुमन तामाङ र अनिश तामाङले संयुक्त प्रस्तुति गरेका थिए । वाचित रचनाहरूको टिप्पणी विनोद दहाल वत्सले गर्नुभएको थियो । आयोजक विजय चालिसे र रामकुमार पण्डित क्षेत्रीले स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । बिहान ८ः३० मा सुरु भएको कार्यक्रमको सञ्चालन घुम्तीका पूर्व अध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।
– पर्शुराम परासर
Subscribe
Login
0 Comments
Oldest












































