साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नेपाली लेखक संघको नयाँ नेतृत्व

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनले कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

Nepal Telecom ad

पोखरामा सम्पन्न नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनले कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अध्यक्षमा तीर्थ निर्विरोध निर्वाचित हुनु भएको हो भने अन्य सदस्यहरूमा कोही निर्विरोध र कुनै पदमा भने एकभन्दा बढी उम्मेदवारी परेको कुरा थियो । अहिले पूणर् बनेको कार्यसमितिभित्र अध्यक्ष तीर्थ श्रेष्ठसहित सह-अध्यक्ष डा. रत्नमणि नेपाल, उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल र सन्ध्या पहाडी, महासचिव सोझो गाउँले, उप-महासचिव श्रीबाबु कार्की उदास, सचिव अनुपमा रेग्मी र गणेश शर्मा, कोषाध्यक्ष दामु मर्सिफुल रहनु भएको छ ।

त्यसरी नै सदस्यहरूमा सुरेन्द्र अस्तफल, निर्मला कोइराला, नारायण सापकोटा, ह्याग्रीव आचार्य, प्रकाश विमिल, युवराज डि सी, डा. विष्णुबहादुर के.सी, गोपाल अश्क, भीष्म काफ्ले, गौकुमारी न्यौपाने, महेन्द्र वाग्ले, बाबुराम चालिसे, राधिका गुरागाईँ, सरस्वती पन्त, ऋृचा लुइटेल, अमृता स्मृति, सरस्वती शर्मा जिज्ञासु, अन्जना पौडेल, जीवन आचार्य, कुमार दाहाल, भगवती खनाल, वासुदेव जम्मरकट्टेल, विष्णुबहादुर दौलाल, महेन्द्रचन्द महासागर रहेका छन् ।

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैत्र १८ गते शुक्रवारदेखि शुरु भई चैत्र १९ मा समापन भएको थियो । उक्त अधिवेसनको उदघाटन लेखक एवं नेपाली कांग्रेसका नेता नरहरि आचार्यले गर्नु भएको थियो । वर्षौँदेखि प्रायः सुषुप्त रहेको नेपाली लेखक संघमा नयाँ केन्द्रिय कार्य समिति बनेपछि अब केही चलायमान हुने आशा गर्न सकिने भएको छ ।

नवनिर्वाचित केन्द्रिय अध्यक्ष कवि तीर्थ श्रेष्ठ लगायत सम्पूणर् पदाधिकारी एवम् सदस्यहरूमा फित्कौली डटकम बधाई ज्ञापन गर्दछ ।

तस्विर साभार : गण्डकी भाेइस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x