सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भेसज रचनावाचनको ४७ औँ शृङ्खला

कार्यक्रमका प्रमुख अतिथि भेषजराज साहित्य प्रतिष्ठानका संस्थापक सदस्य एमव् बुद्धिजीवी भरतप्रसाद बगालेले भेषजराज शर्माको व्यक्तित्वमाथि प्रकाश पार्नु भयाे ।

Nepal Telecom ad

स्याङ्जा, भेषजराज साहित्य प्रतिष्ठानले वालिङ नगरपालिका वडा नं ८ स्थित गणेश लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिको संयोजनमा मन्दिरकै सभाहलमा नव वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान एवम् ४७ औँ रचनावाचन शृङ्खला सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि भेषजराज साहित्य प्रतिष्ठानका संस्थापक सदस्य एमव् बुद्धिजीवी भरतप्रसाद बगालेले भेषजराज शर्माको व्यक्तित्वमाथि प्रकाश पार्दै शर्माले बनारसदेखि नै साहित्य, राजनीति र शिक्षाका क्षेत्रमा महत्त्व पूणर् योगदान पुर्याउनु भएको र स्याङ्जा आएर पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्थापना र विकासमा समेत महत्त्वपूणर् योगदान दिनुभएकाले उक्त विद्यालयमा उहाँको सम्झनामा उहाँको शालिक स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अतिथिद्वय वैकल्पिक बाटो पृथक पाइला सृजनात्मक अभियानका अभियन्ता युवा सर्जक मिलन समीर र कवि बोधराज न्यौपानेले चैते दशैं र नव वर्ष २०७९ को शुभकामना दिँदै क्रमशः म जन्मेको समय…शीर्षकका कविता सुनाउनु भयो । यस्तै गरि उदियमान प्रतिभा वसन्ती अधिकारीले भुजङ्गप्रयात छन्दमा लेखिएको छोरीझ शीर्षकको कविता कवि कमल बगालेले अनाथ जीवन शीर्षकका दुई कविता र प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले अगाडि बढौँ शीर्षकको कविता सुनाउनु भयो ।

प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षता र सचिव श्यामप्रसाद ढुङ्गानाले सञ्चालन गर्नु भएको सो कार्यक्रममा कमल बगालेले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष विष्णुप्रसाद अर्यालले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कुल ३५ जना सहभागी रहेको उक्त कार्यक्रममा १६ जना महिलाको उपस्थिति रहेको थियो ।

-स्याङ्जाबाट श्यामप्रसाद ढुङ्गाना

Fitkauli Publication Books comming soon
Nepal Telecom ad